काठमाडौं-नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा अग्नि ग्रुपका कार्यकारी निर्देशक श्री अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गर्नुभएको हो ।

अलराउन्डर क्रिकेटर खड्का, राइटह्यान्डेड ब्याट्सम्यान, राइटआर्म मिडियम फास्ट बलर तथा अफ बेक बलर हुनुहुन्छ । अग्नि ग्रुपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुशी प्रकट गर्नुभयो । ‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवद्र्धक रहिसकेको छु’ खड्काले भन्नुभयो, ‘अग्नि ग्रुपसँगको मेरो सम्बन्ध २०६३÷६४ साल (सन् २००६–७) देखिकै हो, त्यसयता लामो समयदेखि मेरो अग्नि ग्रुपसँग सुमधुर सम्बन्ध रहँदै आएको छ । हामीले आफ्नो सम्बन्धमा पूर्णव्यवासयिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौं । यो सहकार्यबाट म निकै हर्षित छु, ।’

आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमितकताको सूचीमा पर्ने गरेको खड्काले बताउनुभयो । ‘मेरो पेशागत कारणले एसयूभी (स्पोर्टस युटिलिटी) गाडी सदैव मेरो प्राथमिकता सूचीमा पर्दै आएको छ, जहाँसुकै जाँदा पनि यसमा मैले मेरो थप भारी लगेज लैजान सक्छु’ खड्काले भन्नुभयो– ‘त्यसैले म सवारी साधनका रूपमा सुरक्षा, आरामदायी र विश्वसनीयता हेर्ने गर्छु । सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एसयूभी एक्सयूभी ३०० आफूले प्राप्त गर्दा म अत्यन्तै प्रफुल्लित छु ।’

यस अधि १० जेष्ठ २०७६ मा अग्नि ग्रुपले पूर्व मिस नेपाल शृङ्खला खतिवडा लाई तिन बर्षको लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको थियो भने आज पारस खड्कालाई दुई बर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।

उहाँले महिन्द्रा एक्सयूभी ३०० का लागि अग्नि ग्रुपप्रति आभार व्यक्त गर्नुभयो । समारोहमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, अग्नि ग्रुपका कम्पनी वरिष्ठ निर्देशक तथा सचिव श्री दुर्गाप्रसाद आचार्य र उप निर्देशक श्री बरदान बस्नेत लगायत पूर्व मिस नेपाल शृङ्खला खतिवडा उपस्थित हुनुहुन्थ्यो ।

Previous article‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई गैर आवासीय नेपाली संघको साथ
Next articleपोखराको शहिद पार्कमा रबिन्द्र अधिकारीको शालिक अनावरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here