राजाराम पौडेल, पोखरा न्यूज – गीतकार सुमन श्रापितको एकल साँझ पोखरामा आयोजना हुने भएको छ । फागुन ३० गते शुक्रबार पोखरा उद्योग वाणिज्य संघको हल ग्रेह्रपाटनमा हुने कार्यक्रमलाई भव्य बनाउन यतिबेला तयारी तिव्र पारिएको छ ।

एकल साँझमा गीतकार श्रापितले रचना गरेका गीत विभिन्न गायक तथा गायिकाको आवाजमा सुन्दै रम्ने अवसर प्राप्त हुनेछ । सप्तरंगी सास्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम कलाकार उपचार कोषको सहयोगार्थ आयोजना गरिएको गीतकार श्रापितले बताए ।

एकल साँझलाई भव्य बनाउन मुल आयोजक समिति गठन गरी काम अगाडी बढाइएको छ । संगीतकार नवराज बरालको संयोजकत्वमा गठित मुल समितिमा खिमबहादुर गुरुङ सह–संयोजक र मनकुमार श्रेष्ठ सचिव रहेका छन् ।

सुमनले रचना गरेका गीतमा उदित नारायण झा, विवि अनुरागी, प्रशान्त तामाङ, दिपा झा, रामकृष्ण ढकाल, हेमन्त शर्मा, अञ्जु पन्त, देवीका बन्दना, स्वरुपराज आचार्य, राजु परियार, सुनिता दुलाल, माण्डवी त्रिपाठी, मिलन अमात्य, अन्जना गुरुङ, मेलिना राई आदी कलाकारले आवाज भरेर जिवन्तता दिएका छन् ।

उनले रचना गरेका गीत सिरीमा सिरी, आमाबाट सिके मैले, बादल फाटेको बेला, जसलाई मुटुको अंश, तिम्रो मधुर मुस्कानले, दिलराजा दिलरानी, काली काली दिलवाली लगायतका गीत दर्शक श्रोताले बढी रुचाएका थिए । सुमनले रचना गरेका गीत लाइभ संगीतको साथमा विभिन्न कलाकारले आफ्नो आवाजमा सुनाउदै माहोल संगीतमय बनाउने तयारी भइरहेको आयोजकले बताए ।

Previous articleसुशासन र विकास अहिले मुख्य एजेन्डा : प्रधानमन्त्री ओली
Next articleहिमागृह र रत्न मन्दिर प्रदेश मातहत प्रदेश सरकारको कसरत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here