राजाराम पौडेल,पोखरा-पोखरामा मञ्चन हुने नाटक ‘यो कस्तो महाभारत’को मञ्चन तयारी पुरा भएको छ । दीपक पराजुलीले लेखेको नाटक फागुन ९ गतेदेखि फागुन २४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । शुक्रबारबाट मञ्चन हुनेछ । पोखरा थिएटरको ११ औँ प्रस्तुतीको यो नाटक मंगलबार बाहेक हरेक साँझ ५ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत हेर्न पाइनेछ । दर्शकको माग आएको खण्डमा अतिरिक्त सो मञ्चन समेत गर्ने तयारी रहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए ।

नाटक पंच सुब्बा गुरुङको परिकल्पना तथा निर्देशनमा तयार हुँदैछ । गुरुङको यो डेब्यु निर्देशन हो । निर्देशक गुरुङले नाटक उत्कृष्ट बनेको बताए । ‘छोटो समयमा कलाकारले गरेको मेहनतका कारण नाटक राम्रो बनेको छ’ उनले भने ।

नाटकमा धृतराष्ट्र र अश्वत्थामा को भुमिकामा निश्चल विमल, सञ्जयको भुमिकामा रोशन ज्ञवाली, भीष्मपितामहको भुमिकामा रमेश बाबु तिमल्सीना, दुर्योधनको भुमिकामा नवराज गिरी, शकुनीको भुमिकामा विष्णु तिमल्सीना, युधिष्ठिर भुमिकामा राजेन्द्र अधिकारी, अजुर्ननको भुमिकामा सरोज तिवारी, काशी नरेशको भुमिकामा सुमन तिमिल्सिना, नकुलको भुमिकामा उज्वल राज ढकाल, सहदेवको भुमिकामा गौरव पौडेल, कर्णको भुमिकामा एम.डि. काफ्ले, सैनिकको भुमिकामा अन्जन रोका, प्रतिक घिमिरे र धनकाजी श्रेष्ठले अभिनय गर्नेछन् । एकघण्टा अवधिको यस नाटकले दर्शको मन जित्ने लेखक, निर्देशक र कलाकारको आशा छ ।

Previous articleप्रक्रियामा नचलेका खेल संघहरुको सेवा सुविधा खारेज गर्छु ः सदस्य सचिव सिलवाल
Next articleपोखराको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी भारत प्रस्थान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here