पोखरा-मदन भण्डारी फाउण्डेशन महिला विभाग कास्की समृद्धिमा महिला विषयक बिचार गोष्ठी गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य सुजिता शाक्यले राज्यका हरेक निकायमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्नको लागि महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिइन् । उनले स्थानीयतह, प्रतिनिधि तथा प्रदेश सभाका महिलाको सहभागिता सन्तोषजनक भएता पनि प्रशासनिक, सुरक्षा निकायमा महिलाको प्रतिनिधित्व सन्तोषजननभएको गुनासो गरिन् ।
कुटनीतिक, सार्वजनिक सेवा क्षेत्र,वित्तिय,स्वास्थ्य र शिक्षा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता पर्दा महिलाले सिप, दक्षता र क्षमता बढाएर पदपुर्ती गर्नु पर्ने चर्चा गदै नेतृ शाक्यले स्थानीय,प्रदेश र प्रतिनिधी सभामा प्रतिनिधित्व गरेका महिलाहरुले प्रतिस्पर्धी क्षमता बढाएर अवसरको सदुपयोग गर्नु पर्ने बताइन् । उनले अखिल नेपाल महिला संघको अगुवाईमा राज्यका निकायमा महिलाको राज्यका निकायमा महिलाको ३३ प्रतिशत सहभागिता,पैतृक सम्पत्तीमा महिलाको समान अधिकार सुनिश्चित भएको धारणा राखिन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कास्कीका सहइञ्चार्ज भीम कार्की, नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापा, सहकारीकर्मी भीम गुरुङ, मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष माधव बांस्तोला, जिल्ला कमिटीका सदस्य तथा महिला विभाग प्रमुख हिरा गिरी, महिला विभागका सदस्यहरु पार्वती कार्की, सिता विश्वकर्मा लगायतले वोलेका थिए ।

Previous articleराष्ट्रपतिबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेलाई शपथ
Next articleमहराको थुनामुक्तबारे सदनलाई जानकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here