पोखरा- पोखरामा प्राविधिक तथा व्यवसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्९ऋत्भ्ख्त्० पोखरा प्राविधिक शिक्षालय.मार्फत जनचेतना अभियान सञ्चालन गरेको हो ।
देशका तीन जिल्ला जनकपुर, पोखरा र टिकापुरबाट पाइलट प्रोजेक्टको रुपमा शुरु गरिएको यस अभियानको बुधबार पोखरामा शुरु गरिएको हो । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम र स्वरोजगार एवम् रोजगारीका अवसरको प्रबद्र्धनका लागि शुरु गरिएको अभियानको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले शुभारम्भ गर्नुभयो । उहाँले अबको युग सीप र प्रविधिको युग भएकोले सीपमा पनि नविनतम सोच आवश्यक रहेको बताउनुभयो । उहाँले प्रमाणपत्रको बोक्नेहरु बेरोजगार भइरहेको परिवेशमा हातमा सीप हुनेहरु आत्मनिर्भर भएर सहज जिविकोपार्जन गर्न सफल भएको उदाहरण पेश गर्नुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले रोजगार दाता र उत्पादित प्राविधिक जनशक्ति बीच समन्वय हुन सके मात्र गुणात्मक परिणाम आउने बताउनुभयो । ब्रजाचार्यले सिटिभिटिले वार्षिक ७४ हजार ८ सय ६३ लामो अवधिको भर्ना क्षमता र ५० हजार छोटो अवधिको तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । उत्पादिन जनशक्तिको शतप्रतिशत रोजगारको अवसर सृजना गर्न र प्राविधिक शिक्षा तर्फ युवाहरुको आर्कषण बढाउन सचेतना अभियानले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवन भण्डारीले पोखरा देशमा उत्कृष्ट प्राविधिक जनशक्ति उत्पादन गर्ने पर्यटन प्राविधिक शिक्षालयको रुपमा रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा उत्कृष्टता केन्द्र (ऋभलतभच या भहअभििभलअभ ) को रुपमा विकास गर्ने उद्देश्य सहित अघि बढेको बताउनुभयो । यो सचेतना अभियानले आगामि दिनमा पर्यटनलाई सीपसँग जोडिन चाहाने युवालाई आर्कषण गर्न सक्ने बताउनुभयो ।
उक्त शुभारम्भ कार्यक्रम टान पश्चिमाञ्चल अध्यक्ष हरी भुजेलले सृजनात्मक सीप मात्र बजारमा विक्ने बताउनु भयो । उहाँले परम्परागत भन्दा समयको माग अनुसारको तालिम आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । होटल एशोसियशन अध्यक्ष विकल तुलाचनले पर्यटन क्षेत्रमा अझै पनि दक्ष जनशक्ति अभाव रहेकाले पूर्ण दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्राविधिक शिक्षा प्रति अझै पनि सकारात्मक सोचको विकास हुन नसकेको बताउनु भयो । कम पढेको कहि कतै जागिर नपाएकाले मात्रै सीप सिक्ने भन्ने परम्पराग सोचाइले प्राविधिक शिक्षाको महत्वलाई ओझेलमा पारेको धारणा राख्नुभयो ।
फोरम फर टेक्निकल एजुकेशनका गण्डकी प्रदेश प्रमुख टंक अधिकारीले प्राविधिक शिक्षामा गरिएको लगानीलाई खेर जान नदिन रोजगारप्रदायक संस्थासँग समन्वय गरेर रोजगारको क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभयो । महिला पर्यटन व्यवासायी मञ्चका अध्यक्ष जमुना पराजुलीले सम्बन्धित दक्ष जनशक्तिलाई देश भित्रै रोजगार प्रदान गर्न वातावरणमा सरोकारवाला निकाय बीच समन्वय जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९ऋत्भ्ख्त्० का गण्डकी प्रदेश प्रमुख रामहरी देवकोटाले सिटिइभिटीले दिने शिक्षाको बारेमा अझै पनि आम नागरिकलाई जानकारी नभएको बताउनु भयो । यो अभियानले विभिन्न गतिविधिका मार्फत प्राविधिक शिक्षालय वरपरका क्षेत्रमा रहेका सामुदायिक विद्यालय, रोजगारदाता तथा स्थानीय समुदायमा पायलटिङ गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रम सिटिभिटिमा विद्यार्थीले तयार गरेको खाना तथा पेय पदार्थ प्रदर्शन, सीप प्रतिष्पर्धा, इन्जिनियरीडको प्रदर्शन, नर्सिडको प्रदर्शन, हस्पिटालिटि र टुरिज्म क्षेत्रको सहभागिता रहेको थियो । विभिन्न स्कुलका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
टिभेट पत्रकारिता पुरस्कार
यो अभियान अन्र्तगत नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको प्रवद्र्धनमा नेपालका आमसञ्चारकर्मीको योगदानलाई प्रोत्साहित गर्नका लागि टिभेट (त्ख्भ्त्) जनसचेतना अभियान अन्तरगत टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ । यो पुरस्कार नेपालभरि प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमका सम्बन्धमा गुणस्तरिय पत्रकारितालाई प्रोत्साहित गर्नु यसको लक्ष्य रहेको महाशाखाका उपनिर्देशक अनिल बज्रचार्यले जानकारी दिनुभयो । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमसम्बन्धमा मुलुकभरि प्रभाव पार्न सक्ने समाचार सामाग्रीलाई सर्वोत्तम समाचारका लागि ५० हजार रुपैयाँ नगद र टिभेट राष्ट्रिय सर्वोत्तम समाचार पुरस्कार प्रदान गरिने छ । यसैगरी युवाहरु विशेषगरी लिङ्ग वा वर्ग वा जातिगत आधारमा वा अपाङ्गता भएका कारण मुलधारको समाजबाट पछाडि पारिएका सीमान्तिकृत समुदायका तथा दुर्गम क्षेत्रका विपन्न युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमबाट प्राप्त हुने अवसरका विषयवस्तुको प्रचारप्रसार गर्ने जनकपुर, पोखरा र टिकापुरका एक एक जना पत्रकारलाई जनही १५ हजार रुपैयाँ सहित सर्वोत्तम समाचारको पुरस्कार दिइने घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

Previous articleअमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान
Next articleकुल लगानीको १३ प्रतिशत कृषिमा लगाउनै पर्ने नीति ल्याउँदैछौं ः मन्त्री अर्याल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here