पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आत्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा पोखरा– ११ फुलबारीस्थित शिवशक्तिमार्गमा निर्माण गरिने पोखरा पिस रिट्रिट सेन्टर अन्तर्गत दिब्य शान्ति अनुभूति केन्द्र भवनको आज यहाँ शिलान्याश समारोहमा उहाँले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न आध्यात्मिक ज्ञानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

आध्यात्मिक शिक्षाबाट समाज परिवर्तन हुनुका साथै शान्त, समृद्ध र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले यस्ता गतिविधिमा प्रदेश सरकारकोतर्पmबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आध्यात्मिक ज्ञानको माध्यमबाट मुलुकमा शान्तिसहित समृद्धि र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बह्मकुमारी ईश्वरीय विश्वविद्यालय मुख्यालय माउन्ट आबू भारतबाट आउनुभएकी वरिष्ठ राजयोग प्रशिक्षक, शिक्षा प्रभागका उपाध्यक्ष राजयोगिनी शिलु दिदीले विश्वलाई सुखमय र शान्त बनाउने अभियान अन्तर्गतको परियोजना सम्पन्न गर्न सबैको तन, मन र धन आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारी र मीना गुरुङले धार्मिक एवं आध्यात्मिक ज्ञानको महत्वमाथि चर्चा गर्नुभएको थियो । संस्थाका उपनिर्देशक राजयोगिनी दुर्गा दिदीले चौतर्फी तनाबले ग्रस्त मानवमनका लागि केन्द्र एउटा चेतनारुपी ‘चार्जर’को रुपमा रहेको विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणिता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा शिलाअनावरण, शिवध्वजारोहण, देवी नृत्य, भजनलगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Previous articleरोटरी किड्नी केयर सेन्टर शिलान्यास
Next articleपोखरेली जेठोबूढो उत्पादक किसानलाई महानगरको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here