जेनेभा। स्विस महिला पर्वतारोही सोफी लाभाउले नेपालको पर्वतारोहण सुरक्षित भएको बताएकी छिन्। उनले नेपाल भ्रमण वर्षलाई सघाउन सबैसँग अपिल गरिन्। नेपालीको सामूहिक भावना संसारका लागि लोभलाग्दो र अनुकरणीय रहेको उनले बताइन्। स्विट्जरल्याण्डको लौजानमा नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा आयोजित ‘दिगो पर्वतीय पर्यटन नेपाल स्विसको सहकार्य’ नामक प्रवर्धनात्मक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । विश्वको उच्च हिमाल सगरमाथाको सफल आरोहण गरिसकेकी सोफीले सबैलाई एकपल्ट नेपाल घुम्न आब्हान गरेकी छन्। नेपालीको सामूहिक भावना संसारका लागि लोभलाग्दो र अनुकरणीय रहेको उनले खुलाइन्।

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले नेपालमा पर्यटकलाई देवताकै रुपमा मान्ने गरेको बताए। उनले स्विस नागरिकलाई खादासहित स्वागत गर्ने क्रममा नेपाल प्रकृति, संस्कृति तथा साहसिक अनुभवका लागि स्वर्ग भएको बताए। स्विस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी (इपीएफएल) लौजानमा कार्यक्रम भएको थियो। यो नेपालबाट उच्च शिक्षाका लागि आउने दक्ष विधार्थीले पढ्ने इन्स्टिच्युट हो।

नेपाली दूतावासको आयोजना र गैर आवासीय नेपाली संघको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रममा सगरमाथा आरोही सोफीले पर्वतारोहण सामूहिक कार्य भएको बताइन्। आरोहणमा सघाउने शेर्पाहरु, हरेक दिन खाना ख्वाउने भान्से, फ्रान्सको सामोनीमा बसेर मौसमको बारेमा हरेक समय निर्देश गर्ने मौसमविद साथी सबैको सहयोगले सगरमाथा चढ्न सफल भए उनले खुलाइन्।

स्विस संघीय प्रविधि संस्थानका प्रोफेसर जोन बादुले आफू किसानको छोरो भएको बताउँदै नेपाल र स्विस नागरिकमा पुस्तैनी राम्रा चालचलन सर्दै गएको औंल्याए। उनले काठमाडैं विश्वविद्यालय स्थापनामा सहयोग पुर्या एका छन्। धार्मिक रुपमा मिलेर बस्ने र पाहुनालाई माया गर्ने निर्दोष स्वाभावका नेपालीले अवसर पाए धेरै प्रगति गर्ने उनले बताए। प्रोफेसर जोन बादुले दुई देशको आत्मियता जोड्ने काम आफूले गरेको बताए । उनी पेशाले इन्जिनियर हुन्।

स्विस परियोजनामा लामो समय काम गरेका दीपक एल्मर लामाले भिजिट नेपालको यो कार्यक्रममा नेपालीलाई फाइदा पुग्ने हिसाबले व्यवस्थित रुपमा कार्यक्रम गर्न सुझाए।

लोकगीतको खोज अनुसन्धानमा संलग्न क्लाउडियो पेरुसिनीले ४० वर्षअघि नेपालीको सोच र शैलीमा धेरै परिवर्तन आएको बताए । क्लाउडियोले नेपाली गीत गाएर सुनाए। उनीसँग रेडियो नेपालमा पुगेर गीत गाएका अनुभव छ। कार्यक्रममा मिसनका डेपुटी स्थायी प्रतिनिधि तीर्थराज वाग्ले, काउन्सिलर कुमार राई लगायतको सहभागीता रहेको थियो ।

Previous articleपत्रकारितालाई मानव जीवनबाट अलग राख्न सकिदैन
Next articleस्विटजरल्याण्डमा भिजिट नेपालको प्रचार गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here