पोखरा- पोखरामा आगामी फागुन ११ देखि १७ गते सम्म प्याराग्लाइडिङ्ग वल्र्डकप एशियन टुर २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ्ग प्रतियोगिता हुने भएको छ ।

मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालमा आन्तरिक तथा वाह्य पर्यटन पर्वद्धन गर्ने उद्देश्यसहित नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा विगत १८ बर्षदेखि हुँदै आएको प्रतियोगिता यसबर्षपनि हुने आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा प्रतियोगिता संयोजक योगेश भटराईले प्रतियोगितामा नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम, इन्डोनेसिया र काजकिस्तान लगायत ३० राष्ट्रका १ सय २५ पाइलटले सहभागिता जनाउने जानकारी दिए । पाइलटले सराङ्गकोटबाट उडान भरेर लेकसाईडस्थित खपौंदीमा अवतरण गर्नेछन् ।

ओभरअल च्याम्पियनमा पहिलो देखि दशौं स्थान सम्मका विजेता छनोट गरी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै महिला च्याम्पियनसिपमा पहिलो देखि पाँचौं स्थान सम्मको विजेता छनोट गरी प्रमाणपत्र र ट्रफी, टीम च्याम्पियनमा पहिलो देखि तेस्रो सम्मका विजेता छनोट गरी प्रमाणपत्र र ट्रफी प्रदान गरिने प्रतियोगिता म्यानेजर विमल अधिकारीले जानकारी दिए । त्यस्तै नेपाली विजेतामा पहिलो देखि पाँचौं स्थान सम्मका विजेताका साथै हरेक दिन महिला तथा पुरुष विजेता छनोट गरी मेडल प्रदान गरिने छ ।

नेपाल पर्यटन वोर्डको पर्वद्धन हुने प्रतियोगितामा भ्रमणबर्ष २०२० गण्डकी प्रदेश सरकारले समन्वय गरेको छ । प्रतियोयोगिता सम्पन्न गर्न करिव ८० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १७ वटा उपसमिति समेत गठन गरिएको छ ।

Previous articleपार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव
Next articleनेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न, राष्ट्रिय अभियान हुँदै महाधिवेशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here