पोखरा- पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालको प्रस्तुती रहने भएको छ । महोत्सवमा आउने दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला घिमिरे र प्रिन्स लम्सालको माग गरेपछि आयोजकले उनीहरुलाई आइतबार दिउसो स्टेजमा उतार्ने भएका हुन । उनीहरुले विशेष समय लिएर पोखरा महोत्सवमा आउने दर्शकको मागलाई मध्येनजर गरी दोहोरी प्रस्तुत गर्ने महोत्सवका सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
घिमिरे र लम्साल संगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरी ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यसैगरी संस्कृती तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुती रहने छभने सांझको पप तथा लाई कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुती रहनेछ ।
महोत्सवमा शनिवार दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । दर्शकसंगै महोत्सवमा कारोबार समेत निकै वढेको छ । महोत्सवमा शनिवार उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको लोकदोहोरी प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिए । पंगेनी संगै लोकदोहोरी गायक गायिकाहरु प्रजापति पराजुली, तारापति सुवेदी सुरेन्द्र गुरुङ, पूर्ण परियार, रामजी पौडेल, दिलु लामा, सविना गुरुङ, सरिता सारु मगर, टस गुरुङ, बिकास नेपाली, टेक क्षेत्री, सुरेस राना मगर लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए ।
शनिवार आधुनिक गायक सन्तोष बस्याल र सांझको पप कन्टसर्टमा अन्तराष्ट्रिय ब्याण्ड मन्त्र र स्थानिय ब्ल्याक रोजको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिएभने संस्कृती तर्फ माटेपानी मगर समाजको मगर संस्कृतीमा आधारित कौराहा नृत्यको प्रस्तुती रहेको थियो ।

Previous articleप्रतिभा माविद्वारा भलिवलकी कप्तान अरुणा पुरस्कृत
Next articleसभामुखमा अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here