काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको साेमबारको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराउनुभएको हो ।

उहाँले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिनुभएको राजिनामा पढेर बैठकलाई जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह ३ः०० बजे बस्नेछ ।

सङ्घीय संसद् सचिवालयले आजै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ । संसद् भवनमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मङ्गलबार अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

Previous articleम पनि नाट्यप्रेमी हुँ : मन्त्री किरण गुरुङ
Next articleपोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने सबैको : मन्त्री गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here