जुरिच। स्विट्जरल्याण्डबाट तनहुँ आबुखैरेनी गाउँपालिकास्थित तीनवटा प्राथमिक विद्यालयहरुमा सहयोग पुगेको छ।

स्विट्जरल्याण्ड निवासी आना क्याप्टेनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा स्कुल पोशाक खरिदका लागि सहयोग पठाएका हुन्।

क्यान्सर रोगबाट ग्रसित आनाले बिद्यार्थीहरुमा खुशी छाओस् भन्ने कामानासहित १ हजार स्वीस फ्रान्क सहयोग गरेका थिए।

स्विट्जरल्याण्ड निवासी प्रेम भारतीमार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

अन्नपूर्ण आधारभूत बिद्यालय आबुखैरनीका २० जना विद्यार्थी, सातकन्या प्रावि खानीखोलाका १० विद्यार्थी र  आँबु आधारभूत विद्यालयका १४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो।

आबुखैरेनी निवासी तनकुमार श्रेष्ठको पहलमा हालै उक्त विद्यालयहरुमा सहयोग हस्तान्तरण गरिएको हो।

Previous articleसर्वोच्चमा विज्ञापन ऐनविरुद्ध रिट
Next articleनेपालले आफ्नो भूमि १ ईञ्चपनि मिच्न दिदैन :मन्त्री ईश्वर पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here