काठमाडौँ – नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जन्मस्थानको विकास निर्माणका बारेमा आफूले सधैँ चासो राखेको बताउनु भएको छ । शनिवार आफ्नो जन्मस्थान समेत पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट काठमाडौँ आई बसोबास गर्नेहरुले स्थापना गरेको अन्नपूर्ण–काठमाडौँ समाजको साधारण सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो जन्मभूमिको विकास र समृद्धिका लागि जति गर्न पर्ने हो त्यती गर्न नसकेको महशुष गरेको बताउदै आँउदा दिनमा सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्र्नु भयो ।

आफ्नो जन्मभूमिप्रति माया दर्शाउँदै दाहालले आफूमा सधैँ कास्की विशेषगरी अन्नपूर्ण गाँउपालिका त्यसमा पनि ढिकुरपोखरीप्रतिको लगाव सदैव रहने बताउनु भयो । पर्यटकिय दृष्टिले नमूना रहेको अन्नपूर्ण गाँउपालिकाको विकास र समृद्धिसँग जोडिन आफूले कुनै कसुर समेत बाँकी नराख्ने उँहाले स्पष्ट पार्नु भयोे ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले जन्मभूमिप्रतिको लगाव र मनोवैज्ञानिक सम्बन्ध गहिरो रहने भन्दै अन्नपूर्ण गाँउपालिकाको विकास निर्माणका लागि केन्द्रीय सरकार गाँउपालिकासँग मिलेर बिकासका कामलाई तिब्रता दिईएको बताउनु भयो ।

कार्यक्रममा कास्की जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद दुर्गा विक प्रदेश सांसद राजीव पहारीेले अन्नपूर्ण गाउँपालिकाको भौतिक पूर्वाधार निमार्णका साथै पर्यटनको विकासमा केन्द्रित रहि समृद्धिको यात्रामा मुलुक अघि बढेको बताउनु भयो ।
सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुवरले गाँउपालिकाले बिकासको गति लिएको बताउदै जनताका न्यूनतम आवश्यकता स्वास्थ्य, शिक्षा, स्वस्थ्य खानेपानीका लागि थप सहयोगको आवश्यकता रहेको बताउनु भयो । उहाँले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको अनुरोधमा ३ अर्व ५० करोड माग गरी सडक पर्यटन, कृषि, शिक्षा स्वास्य खानेपानीमा उल्लेख्य काम गरेको बताउनु भयो । हालसम्म ३ हजार घरधुरीलामा एक घर एक धारा निमार्ण भैसकेको बाकी मा यर्सबर्ष पुरा गर्ने, सामुदायिक विद्यालयको अवस्था सुधारका साथै क्षमताको विकास गर्न र प्राविधिक शिक्षामा जोड दिईएको जानकारी समेत दिनुभयो। ।

समाजका अध्यक्ष मनप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाँपालिकाका उपाध्यक्ष सगुन गुरुङ, समाजका उपाध्यक्ष झलकराम अधिकारी, महासचिव बिष्णुप्रसाद अधिकारीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न आफूहरुले समाज स्थापना गरेर अगाडि बढेको जानकारी दिनुभयो । कार्यक्रममा पर्यटनसँग सम्बन्धित बिभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ सम्मानित

शनिवार काठमाँड़ौमा आयोजित अन्नपूर्ण समाज काठमाँड़ौको तेश्रो वार्षिक साधारण सभा एवं दोश्रो अधिवेशनमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ सम्मानित हुनुभएको छ । साधारण सभामा उहाँ लगाएत नेत्र चिकित्सक ड़ा रीता गुरुंग, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा देवी गुरुंग, नेपाल सरकारका उप–महालेखा परीक्षक राममाया कुँवर, होटल काठमाँड़ौ गार्डÞेन होम प्रालिका संचालक रामप्रसाद सापकोटा लगाएतका विभिन्न व्यक्तित्वहरु सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपाका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले सम्मान गर्नु भएको हो ।
सामाजिक र राजनीतिक नेतृत्वका माध्यमबाट समग्र अन्नपूर्ण गाऊँपालिका कास्कीको विकासमा महत्वपूर्ण भूमिका खेलेवापत अध्यक्ष गुरुङलाई सम्मान गÞरिएको समाजका कोषाध्यक्ष ऋषि भण्डारीले बताउनु भयो । उहाँको नेतृत्वमा बिगत दुई बर्ष अघि अन्नपूर्ण आधारशिविरबाट अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव आरम्भ गरी विभिन्न तीन चरणमा सम्पन्न गरिएको थियो ।
महोत्सवकै अवसरमा बिगत दुई बर्ष देखÞि जुन ३ तारिखका दिन अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन समेत सम्पन्न भएका छन । अन्नपूर्ण म्याराथनको तेश्रो संस्करणको तयारी समेत गरिएको छ । त्यस्तै गुरुङकै नेतृत्वमा अन्नपूर्ण आधार शिविरमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको अर्धकदको शालिक निर्माण गरिएको छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली टोलीको नेतृत्व गर्दै हर्जोगले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) को सफल आरोहण गरी हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सम्झनामा हर्जोगका ेशालिक निर्माण गरिएको छ।

Previous articleराष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता आइतबार
Next articleराष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here