पोखरा-रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा जारी छ । महोत्सवमा नेपालका विभिन्न ठाउँ र विदेशी पर्यटकहरुले भरिभरा भएको छ । लेकसाइडमा सडक देखी होटल सम्म सबै भरिभरा भएको छ । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका विगत २१ वर्ष देखी हुदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले सबैको मन तानेको छ ।
लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रलाई दुलही झै सिगारीएको छ । महोत्सवका प्रमुख आकर्षणहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको साँस्कृतीक कार्यक्रम, नेपालका लोपन्मुख साँस्कृतीक कार्यक्रम, अन्र्तराष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रम रहेका प्रचार प्रसार संयोजक विश्वराज पौडेले जानकारी दिए ।
जनजातिहरुको साँस्कृतिक कार्यक्रमहरु, विभिन्न जिल्लाहरुका कला, सँस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप ब्याण्डहरुको प्रस्तुति, बालउद्यान, विभिन्न पिङ, जादुगर लगायत महोत्सवका आकर्षण रहेको पौडेलले जानकारी दिए । सडक महोत्सव अन्तरगत पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकार र हास्य कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका थिए ।
मंगलबार लोकदोहोरी तर्फ भुमिका गिरी, पार्वती जिसी, तुलसा क्षेत्री, दिलु लामा, राजु परियार, कुमार पुन, चोलेन्द्र पौडेल र राजन कार्कीले प्रस्तुती दिए । त्यसै गरि हास्यकलाकार पुरुषोतम भण्डारी (पुर्खे बा)ले सबैलाई हसाएका थिए । त्यसै गरि लाईभ कन्सर्ट तर्फ राजु लामा मंगोलियन हार्ट र कर्मा व्याण्डको प्रस्तुतीमा नयाँ वर्ष २०२० लाई स्वागत गर्ने छ ।
महोत्सवको अन्तिम दिन सम्झना भण्डारी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली, भीमा मगर, पशुपति शर्मा, तारापति सुबेदी, तारानाथ आर्चाय, शिबहरी ढुङगाना, माधव चापागाई, गगन गुरुङ, हस्यकलाकार मेरी बास्सैका निमली र प्याकुलीको प्रस्तुती रहने छ ।

Previous articleउखु किसानलाई भुक्तानी नदिने उद्योगीमाथि कारवाही माग
Next articleल्होसारले धार्मिक सहिष्णुता र राष्ट्रिय एकता प्रवर्द्नन हुने प्रधानमन्त्रीको विश्वास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here