पोखरा – पोखराको फेवाताल संरक्षण गर्न २८ करोड १४ लाख रुपैयाको लागतमा ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त लगानी फेवाताल संरक्षण कार्यक्रम अन्र्तगत पहिलो चरणमा मुख्य ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिने कार्य सुरु भएको छ ।

फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ स्थित बेतयनी खोला र लौरुक खोला, पोखरा २३ र २४ को अधेरी खोला तथा पोखरा २३ स्थित हर्पन खोला घाँटी छिना गरि ४ वटा आयोजना मार्फत चेकड्याम र सिल्टपोखरी निर्माण गरिने भएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । गत भदौ महिनाको अन्तिममा भएको सम्झौता अनुसार २ वटा कम्पनिले १५ महिना भित्र २८ करोड १६ लाख १० हजार ९ सय ९२ रुपैयामा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएको उनले जनाए । बेतयनी खोला आयोजना स्याङ्जाको श्री गीता÷जयनेपाल इश्वर जेभी, लौरुक खोला, अधेरी खोला तथा हर्पन खोला गरि ३ वटा आयोजना दाङको खड्का कृष्ण÷पि.के जेभी निर्माण गर्नेगरि सम्झौता भएको महानगरका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले बताए ।

आयोजना एक मा ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाको लागतमा बेतयनी खोला, पोखरा २४ मा चेकड्याम र सिल्टपोखरी निर्माण गरिने भएको छ । उक्त पोखरीको चेकड्याम लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर, उचाइ ४ मिटरको हुने भएको छ । दोश्रो आयोजना लौरुक खोला पोखरा २४ मा चेकड्याम र सिल्टपोखरी निर्माण गर्न ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैया लाग्ने भएको छ । उक्त चेकड्याम को लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर, उचाइ ४ मिटरको हुने भएको महानगरले जनाएको छ । तेश्रो आयोजनाको लागि अधेरी खोला पोखरा २३ र २४ मा चेकड्याम र सिल्टपोखरी निर्माण गर्न ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैया लाग्ने भएको छ भने उक्त चेकड्याम लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटरको हुने भएको छ । त्यसै गरी चौथो आयोजना हर्पन खोला घाँटी छिना पोखरा २३ मा चेकड्याम र सिल्टपोखरी निर्माण गर्न ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैया लाग्ने भएको बरिष्ठ इन्जिनियर काफ्लेले बताए । उनका अनुसार उक्त चेकड्यामको लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटरको हुनेछ ।

यसैबिच, उक्त सिल्टेसन ड्याम को एक समारोहका बिच बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्दै फेवाताल संरक्षणमा प्रदेश सरकार कटिवद्ध भएको बताए । संघिय सरकारले फेवातालको समयमै सिमाङकन गर्न सके फेवाताल संरक्षण गर्न फेवातालको सिमामा पिल्लर राख्न समेत आफुहरुले स्थानिय सरकारसंग समन्वय गरी अघि बढ्ने योजना रहेको उनले जनाए । प्रधानमन्त्री केपी शर्मा ओली, संघिय भूमि सुधार मन्त्रालयमा समेत फेवातालको सिमाङकन गर्ने बिषयमा पटक पटक भन्दै र पत्र दिए पनि अबको २÷३ महिनामा केही काम हुने आशामा आफुहरु रहेको मुख्यमन्त्री गुरुङले जनाए । समयमै फेवातालको सिमाङकन गर्न नसक्दा फेवातालको विकासमा अबरोध सृजना भएको उनले जनाए । डोजरे विकास र जथभावी रुपमा खनिएका कच्ची सडकले नेपालको हावापानीलाई नै प्रभाव पार्ने गरेको मुख्यमन्त्री गुरुङले टिप्पर्णी गरे । ताल विकास प्राधिकरण गठन भएको खण्डमा पोखरा सहित गण्डकी प्रदेशका दुर्लभ तालहरुको समेत संरक्षण र प्रबद्र्धन हुने उनले जनाए ।

यस बर्ष मात्र करिब समपुरक अनुदान सहितको रकमबाट २ अर्बको सडक बन्ने भएको मुख्यमन्त्री गुरुङले दाबी गरे । संघिय सरकारले प्रदेशका ११ वटा सडकलाई मात्र रोजेको बताउदै उनले सवै भन्दा बढी एक अर्ब जसो मसपुरक अनुदान प्रदेशमा प्राप्त हुने जनाए । प्रदेशको एक अर्ब थप गरी ११ वटा समपुरक सडक निर्माण गर्ने भएको मुख्यमन्त्री गुरुङले जनाए । ८ मिटरको फरालिको पिच सडक बनाउने बताएका उनले यस बर्ष छुट भएकालाई अर्को बर्ष बहुबर्षीयमा राख्ने जनाए । यस बर्ष करिब ८० करोड आधारभुत खानेपानीको लागि बिषेश अनुदान प्राप्त हुने भएको उनले जनाए । करोडौंका यहाँ हजारौं प्रोजेक्ट भएको मुख्यमन्त्री गुरुङको भनाई छ । फेवातालको समयमै संरक्षण गर्न नसके कुनै दिन फेवाताल एकादेशको कथाको रुपमा परिणत हुन सक्ने उप—मेयर मन्जुदेवि गुरुङले बताइन्।

Previous articleकाठमाण्डौं पिपिएलको लिग चरणबाटै बाहिरियो
Next articleपोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here