पोखरा- जापान सरकार जाइकाको सहयोगमा पोखरा खानेपानी शुद्धीकरण आयोजनाको काम जारी छ । खानेपानी आयोजना अन्तर्गत हाज्मा आन्दो कर्पोरेसनले २ वटा मिनी एक्स्काभेटर हस्तान्तरण गरेको हो । खानेपानी संस्थान पोखरा शाखामा मंगलबार हस्तान्तरण सभामा हाज्मा आन्दो कर्पोरेसनका तर्फबाट प्रोजेक्ट म्यानेजर एच.ए.सी, याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडका तर्फबाट हिरोमी सुनोजीले खानेपानी संस्थान पोखरा शाखाका प्रमुख इन्जिनियर आशिष कार्कीलाई चाबी प्रदान गरेका थिए ।
नेपाल खानेपानी संस्थानले सन् २०१९ मार्च ४ मा गरेको आग्रहलाई हाज्माले समर्थन गर्दै सहयोग गरेको हो । नेपाल सरकारसँग भएको सम्झौता अन्तर्गत नै हाज्माले पोखरा महानगरभित्र पाइप लाइन विस्तार गर्न सहज हुने गरी सहयोग गरेको संस्थानले जनाएको छ । चाबी ग्रहण गर्दै नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख कार्कीले पोखरेली उपभोक्ताको हितमा संस्थान क्रियाशील भएर लाग्ने बताए । कार्कीले महानगरभित्रका साना गल्लीमासमेत पाइप लाइन विस्तार गर्दा खन्न तथा बाटो सम्याउन प्राप्त एक्स्काभेटरले सहज हुने बताए ।
हाज्माले आयोजना सम्पन्न गरेसँगै भित्री बाटो तथा घरहरुमा पाइप लाइनको विस्तारमा सघाउ पुग्ने मेकानिकल इन्जिनियर प्रविणकुमार साहले जानकारी दिए । सभामा नेपाल खानेपानी संस्थान सेतीपारी तथा प्रस्तावित विजयपुर शाखाका कार्यालय प्रमुख इन्जिनियर राकेश गोइतले उपभोक्ता हितमा सर्भिस लाइन विस्तारमा यो सहयोगले ठूलो टेवा दिने बताए । गोइतले हाज्माले पाइप लाइन विस्तार गरेसँगै खानेपानी संस्थानले क्षेत्रगत आधारमा सेवा विस्तार गरिँदै लगिने बताए । संस्थानलाई टुल्स, क्याटलग तथा डोजरको अन्य इकुमेन्ट संस्थानको स्टोरमा दाखिला भएको पोखरा शाखाका स्टोर प्रमुख विष्णुप्रसाद रेग्मीले जानकारी दिए ।

Previous articleसमाजवादी पार्टी सरकारबाट बाहिरियो
Next articleकाठमाण्डौं पिपिएलको लिग चरणबाटै बाहिरियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here