काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा संक्षिप्त भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा भोलिदेखि प्रारम्भ हुने सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत हुने विधेयकहरुबारे विचारविमर्श भएको थियो । पूर्वप्रधानमन्त्री देउवाका साथ पार्टीका केन्द्रीय सदस्य रमेश लेखक पनि हुनुहुन्थ्यो । रासस

Previous articleपोखरामा द फेशन सो हुने, मिस नेपाल श्रृङखला खतिवडा मुख्य आकर्षण
Next articleपोखरामा चलचित्र हेर्दै समिक्षा गर्ने कार्य सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here