बेर्न, मिस नेपाल युरोप छनोटमा स्विट्जरल्याण्डबाट दूई जना छनोट भएका छन् । गैर आवासीय नेपाली सँघ स्विट्जरल्याण्ड महिला विभागद्वारा राजधानी बर्नमा आइतवार मिस नेपाल युरोपमा छनौट गर्नको निम्ति अडिशन गरिएको थियो।

अडिशन मार्फत बिनिता सुनार (बर्न), रोसमेर्री भोटिया (ओल्टन), सम्झना कच्ची(लौसाने) र डेचेन लामा(जुरिच) गरि चारजनाले प्रतिष्पर्धा गरेका थिए। प्रजसमध्ये रोसमेर्री भोटिया (ओल्टन) र डेचेन लामा(जुरिच) छानिए।

युरोपका विभिन्न देशबाट छानिएका युवतीबिच मिस नेपाल युरोप स्तरीय फाइनल कार्यक्रम बेल्जियममा हुनेछ। बेल्जियममा नेपाली मिस युरोपको विजेता काठमाडौंमा हुने मिस नेपाल प्रतियोगीतामा सोझै सहभागी हुन पाउनेछन्। नेपाली भेषभुषा, संस्कृति, नेपाली नृत्य, रचनात्मकलाई आत्मसाथ गर्नुका साथसाथै नेपालसंग युरोपमा बसेपनि सम्बन्ध जोडिइराखोस् भन्ने मूल उद्देश्यले यो प्रतियोगीता हुन लागेको हो। अडिसनको निर्णायक संघकी युरोप महिला संयोजक योगिता थापा र बेल्जिएमकी नेपाली फेसन डिजाइनर आरती प्रधान थिए ।

कार्यक्रममा स्थानीय कलाकार नवराज घिमिरेले गीत सुनाउदै माहोल गर्माए । गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डका अध्यक्ष शिव शुब्बाको सभापतित्वमा भएको कार्यक्रमको ब्यबस्थापन संघ स्वीटजरल्याण्डकी उपाध्यक्ष शुभा एल्मर र महिला संयोजक सम्झना थापाले गरेका थिए ।

Previous articleहेरिटेज अफ फेसन नेपाल सिड्नीमा हुने
Next articleशुक्रबारबाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुने, तयारी पुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here