पोखरा – लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले आँखाशिविर गरेको छ । शनिबार स्याङजा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा रहेको पञ्चकन्या क्याम्पसको प्राङ्गणमा आयोजित शिविरमा ३ सय ५० जनाको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षणका क्रममा २२ जना मोतियाविन्दूको विरामी भेटिएका थिए । मोतियाविन्दू उनीहरुको निःशुल्क अपरेसन गर्ने व्यवस्था मिलाइएको आयोजक क्लबका अध्यक्ष टंक ढकालले बताए ।

शिविरको उद्घाटन अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दिर्घनारायण अर्याल गरे । कार्यक्रममा बोल्दै उनले पोखरादेखि गाउँपालिका सम्म आएर शिवरि सञ्चालन गरेकोमा क्लब प्रति आभार व्यक्त गरे । आफ्नो गाउँपालिकामा सबै रोगको एकिकृत शिविरको आवश्यकता रहेको समेत उनले बताए ।
क्लबका अध्यक्ष टंक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपप्रमुख चिनमाया गुरुङ, निमिक्ति कार्यकारी प्रमुख ख्याम नारायण काफ्ले, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरे, लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि वानका कमिटिको चियर पर्सन अध्यक्ष रजनी बराल, अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष चित्र बहादुर विष्ट, लायन्स क्लब अफ विरौटा साझा चौतारीका अध्यक्ष सावित्रा पौडेल, पञ्चकोशी मावीका प्रधानध्यापक विष्णु तिवारीले आँखा शिविरको महत्वको बारेमा बोलेका थिए । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका प्रथम उपाध्यक्ष शंकर पाण्डेले सञ्चालन गरेको कार्यक्रममा जानकारी तथा स्वागत द्धितिय उपाध्यक्ष महेश्वर रिमाल र ध्वजाको बन्धना चित्र गुरुङले गरे ।

शिविरमा आँखा परिक्षणका लागि स्याङजा जिल्ला अस्पताल तथा हिमालय आँखा अस्पताल पोखराबाट ६ जनाको प्राविधिक टोली खटिएको थियो ।

Previous articleमहोत्सवमय बन्यो पोखरा, संवादमा उत्रिए डा. रुइतदेखि गगन थापासम्म
Next articleसिन्धुपाल्चोकमा बस दुर्घटनामा १५ जनाकाे मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here