काठमाडौँ — पुस ४ गतेका लागि संसदको हिउँदे अधिवेशन आव्हान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पुस ४ गते दिउसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जानकारी दिए ।

दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत २०७६ पुस १६ : ०० बजे अर्न्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशनको आह्वान गर्नु भएको छ ।’

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुस ४ गते संसदका दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।
संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । चौथो अधिवेशन असोज २ गते अन्त्य भएको थियो ।

Previous articleफूटबलमा नेपाललाई स्वर्ण, १३औँ सागमा नेपालले जित्याे कुल ५१ स्वर्ण
Next articleपीपीएलको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here