काठमाडौं- १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालले खेलको पहिलो होफमा अग्रता लिएको थियो। सुनिल बलले खेलको ११ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा त्यसपछि गोल हुन सकेन। दोस्रो हाफमा बांगलादेशी खेलाडीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल भने गर्न सकेनन्। नेपाल पनि थुप्रै मौका गोलमा परिणत गर्नबाट चुकेको थियो। बांगलादेशका कप्तान जमालले डबल एल्लो कार्डका कारण इन्जुरी समयको अन्तिमममा रेडक कार्ड पाएका थिए।
सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो । अब नेपालले उपाधिका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

Previous articleबेलायती चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा
Next articleमहिला फुटवलमा नेपाल स्वर्ण पदक जित्नबाट फेरी चुक्याे, प्रशिक्षक खड्काकाे राजिनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here