स्विट्जरल्याण्ड, नेपालमा आयोजना हुने बहुप्रतिष्ठित प्रतियोगीता मिस नेपालमा प्रतिनिधित्व गराउन स्विट्जरल्याण्डमा अडिसन हुने भएको छ।

स्विट्जरल्याण्डमा रेहका नेपाली युवतीलाई मिस नेपालमा सहभागी गराउने उद्देश्यले गैर आवासीय नेपाली सँघ स्विट्जरल्याण्ड महिला विभागको सँयोजकत्वमा राजधानी बर्नमा डिसेम्बर १५ मा मिस नेपाल युरोपमा छनौट गर्नको निम्ति अडिशन हुने लागेको हो। जसका लागि सँघकी युरोप महिला सँयोजक योगिता थापाको टोली अडिशनको निम्ति बर्न आउँदैछ।

बर्न मा डिसेम्बर १५ को दिन दिउँसो एकबजेदेखि कार्यक्रम राखिएको एनआरएन स्विसकी महिला सँयोजक सम्झना थापाले जनाइन् । झट्ट हेर्दा शारिरीक सौन्दर्यको प्रतियोगिता जस्तो देखिएपनि नेपाल सम्बन्धी जानकारी बढाउने, नेपाली भाषा,भेषभुषा र सँस्कृतिलाई आत्मसात गर्न सहयोग पुर्याउने उद्देश्यले अडिसन हुन लागेको थापाको भनाइ छ। नेपाली नृत्य र रचनात्मक कामका निम्ति हौसला दिने र नेपालसँग युरोपमा बसेपनि सम्बन्ध जोडिइराखोस् भन्ने मूल उद्देश्य सहित मिस नेपालको अडिसन गर्न लागिएको उनले प्रष्ट पारिन्। युरोपका विभिन्न देशबाट छानिएर मिस नेपाल युरोप स्तरीय फाइनल कार्यक्रम बेल्जियममा हुनेछ। बेल्जियमबाट छानिएपछि मात्र मिस नेपालको काठमाण्डौमा हुने कार्यक्रममा सोझै सहभागी हुन पाइने सँयोजक थापाको भनाइ छ।

Previous articleराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी. निर्वाचित
Next articleलोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here