पोखरा – लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले शनिबार पोखरामा वृक्षारोपण कार्यक्रमको आयोजना ग¥यो । क्लवको नियमित कार्यक्रम अन्र्तगत पोखरा बैदामको केदारेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।

लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपाल अन्र्तगतको क्लबले केदारेश्वर मन्दिर वरिपरि बेलपत्र, कपुर, पैयु, रातोरानी, पारीजात, कल्की, तेज पत्ता, चाँप, लब्सी सहित विभिन्न जातजातिका ५५ वटा फलफुलका विरुवा रोपेको हो ।

डिष्ट्रिक एडभाइजर ंपरमेश्वर बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले वृक्षारोपण गरिसकेपछि यसको रेखदेखमा पनि जुट्न क्लबलाई आग्रह गरे ।
डिष्ट्रिक डिपार्टमेन्ट अफिसर सन्तोष घिमिरे, डिष्ट्रिक कमिटि चियर पर्सन जितबहादुर थापा गोपाल, रिजन चियर पर्सन दुर्गा कुमारी आचार्य, जोन ९६ कलष्टर २२ अन्र्तगतका जोन चियर पर्सन शान्ता थापा भण्डारी, लायन्स क्लब अफ सिर्जना चौतारिका अध्यक्ष जीवन गोर्खाली, विरौटा साझा चौतारीका अध्यक्ष सावित्रा पौडेल, युनिटि चौतारीका अध्यक्ष सोेमनाथ पौडेल, केदारेश्वर मन्दिरका पिठाधिस डा.लेखनाथ आचार्य, पोखरा महानगरपालिका वडा नं. ६ का वडासदस्य हरिकृष्ण पहारी, डिष्ट्रिक मेम्बर एवं पोखरा फेवा वेगनास चौतारीका निर्वतमान अध्यक्ष विधान गौतम, विरौटा साझा चौतारीका प्रथम उपाध्यक्ष रेखादेवी पोख्रेल, युनिटि चौतारीका सचिव रामेश्वर सुवेदीले वृक्षारोपण कार्यक्रमको गरेकोमा खुशी व्यक्त गरे ।


कार्यक्रममा लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका प्रथम उपाधयक्ष शंकर पाण्डे, द्वितीय उपाध्यक्ष महेश्वर रिमाल, कोषाध्यक्ष राजेश ढुङ्गाना, सह–सचिव चित्र गुरुङ, मेम्मरसिप चियर पर्सन अनुप बराल, सह–कोषाध्यक्ष टिका बहादुर लम्सालको सहभागीता रहेको थियो । क्लबका अध्यक्ष टंक ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव कृष्ण प्रसाद आचार्यले गरेका थिए ।

Previous articleपोखरामा एकदिवसिय अस्ट्रेलियन हाईअर एजुकेशन फेयर हुने
Next articleहिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here