लन्डन,
प्रवासी नेपाली एकता मंच यूकेले अगूवा नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गरेको छ । पुर्व एमाले र पुर्व माओवादीवीच एकता भएपछि पहिलो पटक आईतवार मेरिडियन स्पोर्टस क्लब चाल्र्टनमा आयोजना गरिएको भेटघाटमा उत्साहित हुदै नेता तथा कार्यकता उपस्थित भएका हुन् ।
विहान १२ बजेबाट सुरु भएको अगुवा नेता तथा कार्यकर्ता भेटघाटमा पूर्वप्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, पुर्वजनप्रगतिशील मंच यूकेका अध्यक्ष सुरेश गौतमले अगुवा नेता तथा कार्यकर्तालाई संयुक्त रुपमा स्वागत गरेका थिए ।
उक्त भेटघाटमा स्वागत मन्तव्य राख्दै पुर्वएमाले निकट प्रवासी नेपाली मंच यूकेका अध्यक्ष पुडासैनीले दुवै पार्टीका नेता कार्यकर्ता अन्तरघुलनले बेलायती नेपाली समाजमा दीर्घकालिन महत्व राख्ने बताए । उनले प्रवासी नेपाली एकता मंचले एकीरकणमा केन्द्रका कारण ढिलाई भएपनि नेता तथा कार्यकर्ताहरुको जमघटले सवैमा उत्साह थप्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष पुडासैनीले समाज परिवर्तनका  लागि आसन्न गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनमा पार्टी स्टेक होल्डर भएकाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सवैसँग निरन्तर छलफलमा रहेको जानकारी दिए । उनले उपस्थित नेता तथा कार्यकर्तालाई एनआरएनए यूकेको सदस्यता लिन र आफ्ना नजिकका साथीभाईहरुलाई दिलाउन सवैमा आग्रह गरे । दुई पार्टी एक भई नेकपा निर्माण भैसकेको अवस्थामा बेलायती नेपाली समाजमा प्रवासी नेपाली एकता मंच यूकेले नेतृत्वदायी भूमिका निर्वाह गर्न सवैको सहयोग आवाश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा पूर्वमाओवादी निकट जनप्रगतीशिल नेपाली मंच यूकेका अध्यक्ष सुरेश गौतमले यस्ता भेटघाटले एकता मंचलाई बलियो बनाउने र नेपाली समाजमा नेतृत्वदायि भूमिका निर्वाह गर्न सक्षम बन्ने आसा व्यक्त गरे । उनले एनआरएनए यूके निर्वाचनमा उम्मेदवारी दिने सवै उम्मेवारसँग पार्टीले छलफल गरि आधिकारिक उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए ।
पुर्वओएनएफका महासचिव विजय लिङदेनले संचालन गरेको
दुवै पार्टीका नेता तथा कार्यकर्तावीच परिचय समेत भएको थियो । लामो समयदेखि पार्टी काम गरेका सदस्यहरुवीचको भेटघाटलाई निरन्तरता दिनुपर्नेमा उपस्थित नेता तथा कार्यकर्ताले जोड दिएका थिए ।

 

Previous articleएनआरएनए स्विट्जरल्याण्डको सदस्यता नविकरणको म्याद १० दिन थप
Next articleभानुभक्त आचार्यको जन्म जयन्तीकाे अवसरमा फ्रान्समा कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here