पोखरा – लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा एक कार्यक्रमको आयोजना गरेर क्लबका अध्यक्ष विधान गौतमले इलेक्टेड अध्यक्ष टंक ढकाललाई पद हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ नेपालका एफ डब्लु सि मल्टिपल को–अर्डिनेटर धुव्र बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक चिफ पिआरओ परमेश्वर बराल, डिष्ट्रिक डेपुटि चिफ बालकृष्ण बराल, रिजन चियर पर्सन विद्याता श्रेष्ठ द्धा, जोन चियर पर्सन सन्तोष घिमिरे, लायन्स क्लब अफ विरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइराला, लायन्स क्लब अफ तनहुँ खैरनीटारका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका इलेक्टेड अध्यक्ष जीवन गोर्खाली, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतम, द्धितिय उपाध्यक्ष शंकर पाण्डे, तृतिय उपाध्यक्ष महेश्वर रिमाल, सचिव राजाराम पौडेल, कोषाध्यक्ष सागर बराल, इलेक्टेड अध्यक्ष टंक ढकालले क्लब तथा क्लबले वर्षभरीमा गरेका कार्य तथा आगामी दिनमा गर्ने कार्यको बारेमा बोलेका थिए । सन् २०१६ मा स्थापना भएको यो क्लबमा हाल २५ जना युवा आवद्ध रहेका छन् ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा टंक ढकाल, क्लबको आइपिभिमा विधान गौतम, प्रथम उपाध्यक्षमा शंकर पाण्डे, द्वितीय उपाध्यक्षमा महेश्वर रिमाल, तृतीय उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा कृष्ण प्रसाद आचार्य, क्लब एडमिनिस्टेटरमा सागर बराल, कोषाध्यक्षमा राजेश ढुंगाना, सहसचिव चित्र गुरुङ र सहकोषाध्यक्षमा टिका बहादुर लम्साल रहेका छन् ।
यसैगरी मेम्वरसिप चेयर पर्सनमा अनुप बराल, एलसिआइएफ कोअर्डिनेटरमा महेश सुनार, मार्के्टिङ कम्युनिकेसनमा घनश्याम आचार्य, सर्भिस चेयरपर्सनमा टिकाराम पराजुली रहेका छन् । यसैगरी निर्देशकमा सुनिल बस्नेत, प्रदिप ओझा, सुरेश कुँवर तथा सदस्यमा जीवन कार्की, सन्दिप बुढाथोकी, मोती पौडेल चयन भएका छन् । क्लबको सल्लाहकारमा संस्थापक अध्यक्ष सन्तोष घिमिरे, पुर्व अध्यक्ष पुरुषोत्तमराज भण्डारी र ऋषिराम भण्डारी छन् ।

Previous articleपाेखराकाे गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’
Next articleएनआरएनए युगान्डाको अध्यक्षमा विनोद थापा चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here