थाईल्याण्डमा हुन लागेको जम्बुलिङ इन्टरनेशनल अवार्डको नोमिनेशन खुला गरिएको छ ।
जम्बुलिङ फिल्मस् प्रा.लि.ले राजधानीमा एक पत्रकार सम्मेलन गरी सो अवार्ड सम्बन्धी जानकारी गराएको हो ।


नेपाली कला जगतको उत्थान र सम्वर्धन एवं प्रवर्धन गर्दै आईरहेको जम्बुलिड. फिल्मस प्रा.लि.को आयोजनामा हुन लागेको उक्त अवार्ड अन्तर्गत विभिन्न विधामा हुने प्रतिस्पर्धाका लागि नोमिनेशन खुला गरिएको सो फिल्मस् प्रा.लि.का अध्यक्ष राज किङ्ग वाईवाले पत्रकार सम्मेलनमा जानकारी गराए ।


‘स्रष्टालाई सम्मान, नयाँलाई प्रोत्साहन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ विदेशी भूमि बैँककमा हुन लागेको उक्त अवार्डमा सहभागिताका लागि २०७६ साल जेष्ठ मसान्तसम्म सार्वजनिक भएका कुनै पनि गीत, म्यूजिक भिडियो, चलचित्र आदिले भाग लिई प्रतिस्पर्धा गर्न सक्ने जनाउँदै आगामी असार १५ गतेसम्म नोमिनेशन फाराम बुझाउन सकिने आयोजकले जनाएको छ ।


नेपाली चलचित्र, तामाड. चलचित्र, तामाड. सेलो, उत्कृष्ट राष्ट्रिय गीत, लोकगीत, पप, दोहोरी, आधुनिक गीत, कोरियोग्राफी लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित क्षेत्रका विज्ञहरु जुरीको रुपमा रहेको उक्त अवार्डमा विभिन्न विधाबाट छानिएर आएका उत्कृष्ट पाँचलाई प्रत्यक्ष तर्फबाट ४० अंक, जुरीका तर्फबाट ४० अंक र सामाजिक सञ्जालबाट २० अंक गरी कूल १०० अंक प्रदान गरिने व्यवस्था मिलाइएको पनि अध्यक्ष  वाईवाले बताए ।


विभिन्न विधामा अवार्ड प्रदान गरिने उक्त इन्टरनेशनल अवार्डमा एक जनालाई रु. ११ हजार १ सय ११ नगद सहित लाइफ टाईम एचिभमेण्ट अवार्ड प्रदान गरिने तयारी भएको समेत आयोजकका तर्फबाट उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि आदिवाशी जनजाति कलाकार महासंघका अध्यक्ष अमृत सुनुवार तथा अतिथिहरु नेपाल चलचित्र बोर्डका पूर्व सदस्य राजु के.शी., प्रवासी नेपाली पत्रकार सञ्जालका सचिव दामोदर नेपाल, सुन्दरादेवी सन्देश म्यूजिक अवार्डका अध्यक्ष किरण अधिकारीले ‘स्रष्टालाई सम्मान, नयाँलाई प्रोत्साहन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ विदेशी भूमिमा हुन लागेको जम्बुलिड. इन्टरनेशनल म्यूजिक अवार्डले सर्जक तथा सिर्जनाको सम्मानमा आफूलाई दरो रुपमा उभ्याएकोमा जम्बुलिड. फिल्मस प्रा.लि.लाई धन्यवाद दिँदै कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

Previous articleटिपिकल गीत गाउन मनपर्छ : दुर्गामाया
Next articleपाेखराकाे गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here