बार्सिलोना – नेपालमा लगानी मैत्री बातावरण रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली ब्यबसायीहरुलाई लगानी गर्न आग्रह गरेका छन् । बुधबार फ्रान्सका ब्यवसायीसँगको भेटघाटमा प्रधानमन्त्रीले ओलीले नेपालमा राजनीतिक स्थायित्वका साथै कानुनी जटिलताको अन्त्य भएको भन्दै लगानी गर्न आग्रह गरेका हुन् ।

बेलायतको तीन दिने भम्रण सकेर भूमिगत रेल चढेर बुधबार दिउँसो पेरिस पुगेका प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य महासंघका अधिकारीहरुसँग छलफल गरेका थिए ।

राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, सम्भावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनोट आदि कारण नेपालमा लगानीमैत्री वातावरण रहेको प्रधानमन्त्रीले बताएका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन् ।

फ्रान्सस्थित नेपाली दूतावासले समेत एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली कम्पनीहरुलाई नेपालमा लगानी गर्न अनुरोध गरेको जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीसहितको भ्रमणटोलीलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी तथा नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरले संयुक्तरुपमा गार्ड दु नर्द स्टेसनमा स्वागत गरेका थिए ।

Previous articleबन्दुक देख्दा नर्तसिनेहरु खुकुरी देख्दा तर्सिन्थे : प्रधानमन्त्री केपी शर्मा ओली
Next articleप्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिपेबीच भेटवार्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here