बार्सिलोना- नेपालमा रेल यातायातको सपना देखाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका छन्। तीन दिने बेलायत भम्रणसकेर प्रधानमन्त्री ओली आज दिउँसो रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका हुन्।
१९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो रहेको छ । प्रत्येक बर्ष करिव एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्ने उक्त सुरुङमार्ग हुँदै नेपालका प्रधानमन्त्रीपनि लण्डनबाट पेरिस प्रस्थान गर्ने बताईएको छ।
निर्माण सुरु भएको एकसय बर्षपछि बेलायतदेखि फ्रान्ससम्म सुरुङ छिचोल्न सफल भएको उक्त रेलमार्गलाई युरोप भ्रमणमा रहेको नेपाली टोलिले निकै चासोपूर्बक हेर्ने ठानिएको छ।
स्वीट्जरल्याण्ड र बेलायतको भ्रमणसकेर प्रधानमन्त्री ओलीले आजदेखिनै फ्रान्सको भम्रण गर्नेछन्। प्रधानमन्त्री ओलीले बिहिबार दिउँसो फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटबार्ता हुने पेरिसस्थित नेपाली दूताबासले जनाएको छ। नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० बर्ष पुगिसकेको छ।

Previous articleप्रधानमन्त्री अाेलीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन
Next articleबन्दुक देख्दा नर्तसिनेहरु खुकुरी देख्दा तर्सिन्थे : प्रधानमन्त्री केपी शर्मा ओली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here