काठमाण्डौ – मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले स्पेनका लागि राजदुतमा दावाफुटी शेर्पाको नाम सिफारिस भएकाे छ । राजदूत सिफारिस शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामुकी छोरी हुन् । ३७ वर्षीया शेर्पा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राजदूत सिफारिसमा परेको स्रोतको भनाइ छ । उनी दुई महिनाअघि पासाङ ल्हामु प्रतिष्ठानको अध्यक्ष चुनिएकी छन् । अमेरिकाबाट मास्टर्स डिग्री गरेकी उनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा समेत कार्यरत थिइन् । नेपालको आन्तरिक र कूटनीतिक मामिलाबारे त्यतिधेरै जानकारी नराख्ने दावाफुटीलाई प्रधानमन्त्री ओलीले आङछिरिङसँगको सम्बन्धका कारण राजदूत सिफारिस गरेको नेकपाका एक नेताले बताए। मन्त्रिपरिषदको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

Previous articleअधिकारीको स्मृति दिवसमा अक्षयकोष स्थापना
Next articleदूताबास र नेपाली समुदायद्वारा जेनेभामा प्रधानमन्त्रीको स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here