काठमाडौं – नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा बार्बाडस ट्राइडेन्टस टोलीमा अनुबन्ध भएका छन् ।
लिगका लागि बुधबार साँझ देखि लन्डनमा जारी बोलकबोलमा सन्दीपलाई बार्बाडसले पाँचौ राउन्डमा अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर (करिव ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् ।

सीपीएलको ड्राफ्टमा रहेका खेलाडीको बोलकबोल लन्डनमा जारी छ । सन्दीपको टोलीमा बुधबार अबेरसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज समेटिएका छन् ।

सीपीएल ड्राफ्टमा नेपालका सन्दीप सहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए । उनीहरूलाइ कुनै पनि क्लबले खरिद गरेनन् । सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा हुनेछ । सन्दीपले अघिल्लो सिजनपनि सीपीएल खेलेका थिए । उनले सेन्टकिट्स एण्ड नेभिस प्याट्रियट्सबाट पाँच खेलमा सात विकेट लिएका थिए ।
अहिलेसम्म उनले भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्। लामिछानेले यस्ता लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो।
आफू नयाँ टोलीमा छानिएलगत्तै सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “म उत्साहित छु। एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताका साथ प्रतीक्षामा छु।”
सीपीएल टी-२० मा कुल छ टोली रहेका छन् । तिनमा बार्बाडोससँगै गुयना एमजन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।

Previous article‘तिर्खा’ मञ्चनको तयारी पुरा
Next articleजेठ १८ गते पदमराज ढकालको एकल साँझ काठमाडौंमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here