काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ब्रीटिस गोर्खाहरुले उठाएका जायज मागहरुप्रति राप्रपाको ऐक्यवद्धता र समर्थन रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ब्रीटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै पुर्ब उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले वृटिस गोर्खाहरुले उठाएका मागका सम्बोधन गराउने सम्बन्धमा सरकारसँग पहल गर्ने बताउनुभयो ।

थापाले सरकारले यी बिषयलाई गम्भिरतापुर्बक लिई समस्या समाधानको निमित्त तत्काल अग्रसर हुनुपर्नेमा जोड दिए । ज्ञापनपत्र बुझाउन उपस्थित प्रतिनिधीमण्डलले अध्यक्ष कमल थापा उपप्रधान तथा परराष्ट्रमन्त्री भएको समयमा ब्रीटिस गोर्खाका माग सम्बन्धमा खेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरेको थियो । सो अबसरमा राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले ब्रीटिस गोर्खाको बिषयमा संसदमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

ब्रीटिस गोर्खा संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तत्कालीन समयमा देशको तर्फबाट अध्यक्ष थापाले खेलेको भुमिकाप्रती सम्पुर्ण गोर्खाहरु आभारी रहेको बताएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

Previous articleरमेशबाबू र अनिताको “मोयाकै नाम प्यारो” सार्वजनिक (भिडियो)
Next article‘तिर्खा’ मञ्चनको तयारी पुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here