पेरिस फ्रान्स- पेरिसको आइफल टावर अगाडी गौतम बुद्धको सन्देश विश्वमा फैलाउने उद्देश्यसहित यहि १९ मे २०१९ का दिन बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भयो। भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन फ्रान्सका नेपाली समुदाय एकत्रित भएका थिए । बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए। नेपाली राजदुतावास फ्रान्स र फ्रान्सका १२ ओटा नेपाली संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा बुद्दको मुर्ति, बुद्ध नेपालमा जन्मिएका हुन भन्ने जानकारी दिने ब्यानरहरु नेपाल चिनाउने ब्यानरहरु समावेश गरिएको थियो।

गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैल्याउने उद्देश्यले २००९ देखि एकता समाज फ्रान्सको पहलमा र पछि संयुक्तरुपमा फ्रान्सको महत्वपूर्ण पर्यटकीय स्थानमा बुद्ध जयन्ती मनाइदै आएको छ । आइफेल टावर बिश्वकै सबैभन्दा धेरै पर्यटकहरुले भ्रमण गर्ने ठाउँ मध्यमा पर्दछ। शान्तिका दूत गौतम बुद्धको जन्मथलो लाइ लिएर फैलिएको भ्रम चिर्दै रास्ट्रिय झन्डा संगै गौतम बुद्धको मुर्ति र ब्यानर आइफल टावर अगाडी राखी कार्यक्रम सम्पन्न भयो।

फ्रान्सस्थित नेपाली दूतावास, एन आर एन ए फ्रान्स, नेपाली एकता समाज फ्रान्स, प्रवासी नेपाली एकता मंच, जनसम्पर्क समिति फ्रान्स, मैजों कल्चर दु नेपाल, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, पाकोफेन फ्रान्स, म्याग्दी समाज फ्रान्स, मगर समाज फ्रान्स, इनास फ्रान्स र तामांग समाज फ्रान्सले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा फ्रान्सस्थित नेपाली राजदुत दिपक अधिकारिले बुद्ध धर्म, यसको प्रचार प्रसारको महत्व आदि बारे प्रकाश पर्नु भएको थियो। उहाले नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औलाउदै बुद्धको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा बुद्धका सन्देशहरु आधारित दुईओटा नेपाली गीतहरुको संयुक्त गायन भएको थियो। कार्यक्रमको संचालन एनआरएनए फ्रान्सका भुपु अध्यक्ष निर्मल अर्यालले गर्नु भएको थियो।

Previous articleएनआरएनए स्विजरल्याण्डको अधिवेशन अगष्ट १८ मा हुने
Next articleरमेशबाबू र अनिताको “मोयाकै नाम प्यारो” सार्वजनिक (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here