स्पेन । स्याङ्जा स्थायी घर भएका २९ वर्षीय शोभितबहादुर बिश्वकर्माको उपाचारको क्रममा इटालीमा मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बिश्वकर्माको शुक्रबार उपचारको क्रममा अस्पतालमै निधन भएको हो ।

लगातार बान्ताको समस्या देखिएपछि उनी अस्पताल पुगेका थिए । तर, उपाचारको क्रममा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो। हाल दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका उनि डेढ बर्ष अघि इटाली आएका थिए ।

अस्पतालमा उपाचारार्थ बिश्वकर्माकी श्रीमतीलाई ईटाली ल्याउन नेपाली अवैतानिक बाणिज्यदूत पाउलो नुगारीमार्फत पहल थालिएको थियो । तर, श्रीमती इटाली आउनु अगावै बिश्वकर्माको मृत्यु भएको छ।  एनआरएन इटालीका महासचिव छबिलाल कडेलले जानकारी दिए।

स्विट्जरल्याण्डस्थित नेपाली दूतावासका अनुसार मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ। शदगत नेपालमै गर्ने परिवारले इच्छा ब्यक्त गरेपछि शव नेपाल पठाउने प्रक्रिया थालिएको दूतावासले जनाएको छ ।

Previous articleआर्थिक कूटनीतिका कार्यक्रम ल्याउँछौ – नवनियुक्त राजदूत भट्टराई
Next articleजेठ ९ गते देखि ‘तिर्खा’ मञ्चन हुने, १६ वर्ष माथीकोले मात्र हेर्न पाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here