स्वीट्जरल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई नेपाली समुदायको तर्फवाट स्वागत कार्यक्रमको आयोजना गरिएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको आयोजनामा आईतबार राजधानी बेर्नमा स्वागत गर्न लागिएको हो।

स्वीट्जरल्याण्डका लागि नवनियुक्त राजदूत भट्टराईले सन् १९८८ देखि  नेपाल सरकारमा सेवा शुरु गरेका हुन्। उनले २०१० देखि २०१४ सम्म न्यूयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा मिनिस्टर काउन्सिलरको जिम्मेवारी सम्हालेका थिए। न्यूयोर्कबाट फर्किए पछि उनले परराष्ट्र मन्त्रालयमै सहसचिवको रूपमा काम गरेका थिए।

गत डिसेम्बर महिनामा नेपाल सरकारले परराष्ट्र मन्त्रालयका पांचजना सहसचिवहरुलाई पांच विभिन्न मुलुकहरुका लागि राजदूत नियुक्त गरेको थियो। जसअनुसार सहसचिव भट्टराई स्वीट्जरल्याण्ड तथा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि राजदूत नियुक्त भएर जेनेभा आई पुगेका हुन्।

झन्डै एक दशक राष्ट्रिय योजना आयोगमा काम गरेका भट्टराई नवौं तथा दशौँ योजना तर्जुमामा पनि सहभागी थिए। अल्पविकसित मुलुकहरुको लागि राष्ट्रसंघद्वारा सन् २०११ मा पारित ‘इस्तानबुल प्रोग्राम अफ एक्सन’ घोषणा प्रक्रियामा समेत सहभागी रहेका भट्टराई जेनेभामा स्वीट्जरल्याण्डसंग द्वीपक्षीय सम्वन्ध सुद्रीढ गर्न र नेपालको आर्थिक विकासका लागि स्रोतहरु जुटाउन बढी सक्रिय रहनुपर्ने देखिन्छ ।

स्वागत कार्यक्रम बारे पूर्ण जानकारी

मिति:- मे १२ तारिख आईतबार

समय:- दिउँसो ४ बजे

स्थान:- Oberer Aareggweg 51, 3004 Bern

आयोजक:- एनआरएनए स्वीट्जरल्याण्ड

Previous articleनेपाली काँग्रेसका युवा नेता गगन थापासँगको कुराकानी
Next articleआर्थिक कूटनीतिका कार्यक्रम ल्याउँछौ – नवनियुक्त राजदूत भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here