नेपाली झण्डा दिवसको तयारी गरौ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल मन्त्रका साथ बैशाख १ गतेलाई नेपाली झण्डा रुपमा मनाउने तयारी भइरहेको छ ।

नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ, बैशाख १ गते तदनुसार अप्रिल महिनाको १४ तारिखलाई राष्ट्रप्रेम भावले मनाऔं भन्ने नाराका साथ बिगत ५ वर्षदेखि बैशाख १ गतेलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको रुपमा मनाइँदै आइएको छ। नेपाली टोपी दिवस झैँ नेपाली झण्डा दिवस पनि ताईवानमा बसोबास गर्ने डा। लेखनाथ काफ्लेको अग्रसरतामा शुरु भएको थियोभने यसको निरन्तरता रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदुत नवराज पोखरेलले गर्दै आउनु भएको छ।

हामी सबैको नयाँ वर्ष बैशाख १ गते देश विदेशमा रहेका नेपालीहरुले भव्यताका साथ मनाउने गरेकोमा गत ५ वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका रुपमा समेत मनाउन थालिएको छ। संसारकै एकमात्र बिशेष गणितीयआकारको भएको नेपाली झण्डा समस्त नेपालीहरुको साझा र मौलिक पहिचानको चिन्ह पनि हो।

शताब्दीऔंदेखि प्रयोग भैरहेको नेपाली झण्डाको जनस्तरमा व्यापक प्रयोगलाई विश्वमय बनाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। गत जनवरी महिनाको १ तारेखलाई हामी सबैले अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा भव्यताका साथ मनाएका थियौ। यसैगरि नजिकैआईरहेको १ बैशाख २०७६ का दिन पाँचौ अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवस भव्यताका साथ मनाउन सबैलाई आह्वान गरिएको जानकारी रोमानियाकालागि अवैतनिक बाणिज्यदुत नवराज पोखरेलले दिनु भएको छ। उहाकै सक्रियतामा संसारका ४० मुलुकहरुमा अन्तर्राष्ट्रिय नेपाली टोपी प्रतिष्ठान शाखाको गठन भएको छ। स्मरण रहोस, गत बर्षको अन्तर्राष्ट्रिय नेपाली झन्डा दिवसको अवसरमा आयोजित फोटो प्रतियोगितामा बेल्जियम निबासी दीपक न्यौपानेलाई प्रथम स्थान प्राप्त गरे बापत नेपाली संस्कृति तथा सद्भावना राजदूत २०७५ को मानार्थ उपाधिले सम्मान गरिएको थियो। यसैगरी अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा इटलीका दिनेशबाला श्रेष्ठलाई २०१८ को र फ्रान्सका निर्मल अर्याललाई २०१९ कोनेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मान गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका लागि बैशाख १ गतेका दिन आआफ्नो अवस्था अनुसार घर, आँगन, गाडी,कार्यालय, रेष्टुरेन्ट, पसल, झ्याल आदि स्थानहरुमा नेपाली झण्डाको प्रयोग गरी फोटो खिचेर चौतारीमा अपलोड गर्नका लागि आयोजक टिमले आह्वान गरेको छ।अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा प्राप्त भएका फोटाहरुको मुल्यांकन गर्न मानार्थ नेपाली संस्कृति तथा सद्भावना राजदूतहरु दिनेशबाला श्रेष्ठ, दीपक न्योपाने र निर्मल अर्याल रहेको एक समितिको गठन समेत गरिएको छ। मूल्यांकन समितिले चौतारीमा प्राप्त फोटाहरु मध्येका एक फोटालाई प्रथम घोषणा गर्नेछ। प्रथम हुनेलाई नेपाली संस्कृति तथा सद्भावना राजदूत २०७६ को मानार्थ उपाधिले सम्मान गरिनेछ।

Previous articleगैर आवासीय नेपाली नागरिकता सम्बन्धमा देखिएका अनावश्यक भ्रममा नपर्न एनआरएनएको आग्रह
Next articleको हुन् स्वीट्जरल्याण्डका लागि नयाँ नेपाली राजदूत भट्टराई ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here