बसन्त रानाभाट,बार्सिलोना। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनको म्याण्डेट गलत भएका कारण नेपाली कांग्रेस कमजोर अबस्थामा आइपुगेको बताएका छन् । युरोप भ्रमणमा रहेका पौडेलले आइतबार नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

बिधि र बिधानको बाटोबाट बिचलित हुँदा कांग्रेस संकटमा परेको बताए। सात वटा प्रदेशमा कांग्रेसले अविश्वास प्रस्ताव पेश गर्ने हैसियतसमेत नबनाएको भन्दै उनले नेतृत्वको आलोचना गरे।

बरिष्ठ नेता पौडेलले १३ औं महाधिवेशनको म्याण्डेट गलत भएका कारण कांग्रेसको यो अबस्था आएको जिकिर गरे। ‘अब यसलाई करेक्सन गर्ने कि नगर्ने’ उनले प्रश्न गरे।

१३ औ महाधिबेशनको सम्झँदा गर्दै नेता पौडेल भने, ‘शेरबहादुर जीलाई बरु तपाई १० चोटी प्रधानमन्त्री बन्नुहोस् तर पार्टी तपाईबाट चल्दैन। पार्टी मैले सम्हाल्नु पर्छ भनेकै हुँ। पार्टी सम्हाल्नुहुन्न किनभने तपाई सिमित मान्छेको नेता भएर चल्नु भएको छ। तर, मेरा लागि सबै काँग्रेसीहरु हुन्। यो नजिक यो टाढा भन्दिन सबैलाई मिलाएर हिँड्छु।’

उनले घुमाउरो भाषा प्रयोग गर्दै देउवा र आफ्नो तुलनासमेत गरे। पार्टीलाई जोखिममा राख्दै प्रजातन्त्रलाई लगेर दरबार बुझाएको आरोप समेत लगाउदै पौडेलले भने, ‘आफ्नो स्वार्थका लागि कस्ले पार्टीलाई खतरामा राख्यो, प्रजातन्त्रलाई कस्ले  लगेर दरबारमा बुझायो ? यो दुधको दुध,पानीको पानि हुनुपर्छ। सय भारी खर काट्ने र सयभारी खर पोल्नेको एउटै मुल्याङ्कन हुन सक्दैन। आजको लडाई यही नै हो।’

लेनिन र माओले ल्याउन नसकेको कम्युनिजम ओली र प्रचण्डले ल्याउँछु भन्नु हास्यास्पद

उनले लेनिन र माओले ल्याउन नसकेको कम्युनिजम् ओली र प्रचण्डले ल्याउँछु भन्नु हास्यास्पद भएको बताए ।  पौडेलले भने, ‘छ महिना भयो । थोरै काम गरेर जनतालाई राहत दिए त धेरै हुन्थ्यो, अब कम्युनिजम् ल्याउने ?’

अहिलेको सरकारले सरकारी ढुकुटीबाट आफ्ना कार्यकर्तालाई पाल्ने बाहेक अरु केही गर्न सकेको छैन नेता पौडेलले आरोप लगाए ।

‘कांग्रेसले मेलम्ची ल्याएको हो तर अहिले कम्युनिस्टहरू मेलम्चीमा गएर फोटो खिच्छन् । उनीहरुले हामीले सुरु गरेका योजनाहरुमा जस लिने काममात्र गरेका छन्।’ पौडेलले भने।

Previous articleस्विट्जरल्याण्डमा पनि तीज मनाईयो
Next articleयस्तो छ स्विट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो रिपोर्ट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here