गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको कार्यक्रमकी संयोजक शुभ एल्मर लामाले जानकारी गराएको छ।
महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन यस पटक नेपालबाट चर्चित गायिका रिता के. सी. कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने भएको छ।
यही आउदो शनिवारको दिन स्वीट्जरल्याण्डाको सियोनमा हुने तीज कार्यक्रममा यस पटक भने केबल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभएर महिला सशक्ति करण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिने आयोजकले बताएका छन्। एनआरएनए आईसिसी महिला संयोजक रजनी प्रधान र यूरोप क्षेत्रीय महिला सहसंयोजक संगीता मरहट्ठा अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने जानकारी प्राप्त भएको आयोजकले जनाएको छ।
उक्त दिन दिनको ठीक १३:३० बजेबाट अन्तरक्रिया कार्यक्रम सुरु हुने र त्यसपछि तीज कार्यक्रम सुरु गरिने कार्यक्रम तय भएको छ । त्यसैगरी कार्यक्रम आयोजक महिला फोरमले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा अन्य नेपालीहरु समेतलाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरिदिनका लागि आग्रह समेत गरको छ।

कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी

Previous articleचेक रिपब्लिकमा नेपाली- नेपालीबीच छुरा प्रहार,एकको मृत्यु, एक घाईते
Next articleस्विट्जरल्याण्डमा पनि तीज मनाईयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here