गैर-आवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ महिला सम्मेलन लक्जम्बर्गमा सुरु भएको छ। “युरोपियन एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी”  भन्ने मुल नाराका साथ आज आइतवार बिहान देखि सुरु भएको हो।

लक्जम्बर्ग स्थित हिल्टन होटलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रमुख अतिथिको रुपमा बैठकको उद्घाटन गरेका छन्। कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश विशेष अतिथिका रुपमा सहभागी छन्।

युरोप क्षेत्रका संयोजक शिव कुमार बरालको अध्यक्षतामा चलिरहेको कार्यक्रममा गैर-आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आइसिसिका पदाधिकारीहरू लगायत, युरोप स्थित संघको २७ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको छ।

 

Previous articleस्वीट्जरल्याण्डमा ओपन एयर किनो देखाएर नेपालमा सहयोग
Next articleयस्तो छ एनआरएनए स्विट्जरल्याण्डको प्रगतीबिबरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here