नेपाली राजदूतावास जेनेभा, गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्ड र नेपाल पर्यटन बोर्ड, स्विट्जरल्याण्डको संयुक्त आयोजनामा यहि १० जुन आईतबारको दिन बेर्नमा “हिमालहरु: संस्कृति र मानिसहरु बीचको संगमविन्दु” (Mountains: Connecting Cultures and Peoples) नामक कार्यक्रम हुने भएको छ।

बिगतका बर्षहरु झै यस बर्ष पनि नेपालमा पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित केहि बर्ष देखि यो कार्यक्रम नियमितरुपमा स्विट्जरल्याण्डमा आयोजना हुँदै आएको हो। कार्यक्रमका माध्यमबाट नेपाली र स्वीस जनाता बीचको सदभावपुर्ण सम्बन्धको निरन्तरतामा पनि बिशेष जोड दिने गरिएको देखिन्छ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालमा पर्यटन प्रवर्धन प्रचार प्रसारका साथै नेपाली कला-संस्कृतिलाई विदेशमा चिनाउने रहेको छ।

 यहि १० जुन स्विट्जरल्याण्डको राजधानी बेर्न हुने Mountains: Connecting Cultures and Peoples नामक कार्यक्रममा नेपाली तथा स्वीस महानुभावहरुलाई कार्यक्रममा सहाभागी भई कार्यक्रम लाई सफल पार्न गैर-आवासीय नेपाली संघका अध्यक्ष भूमीराज गुरुङले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम सम्बन्धी बिस्तृत जानकारी छिटै अर्को सूचना प्रकाशित गरिने जानकारीमा जनाएको छ।

Previous articleबहुप्रतिक्षित वेभ सिरिज डेस्टिनेशनको प्रोमो सार्वजनिक
Next articleफ्राँकफर्टमा किराँत राई समुदायको उभौली पर्व सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here