क्यालिफोर्निया प्रतिनिधि

अमेरिकाको उत्तर क्यालिफोर्नियामा रक्तदान जीवन दान भन्ने नाराका साथ  एक ब्रिहत रक्त दान कार्यक्रम हुन गईरहेको छ। यही मे २६ शनिवारका दिन सम्पन्न हुने सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहने अपेक्षा गरिएको छ। लायन्स क्लब सान लियान्द्रोमनकामनानेपाल विश्व सहयोग संघ एन  जिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा सन्चालन गर्ने सो कार्यक्रमको सँयोजन लायन्स क्लब अफ सान लियन्ड्रो मनकामनाका चार्टर प्रेसिडेन्ट चन्द्र धितालले  गरिरहेको कुराक्लबका अधक्ष गोपाल बस्नेतले बताएका छन। आयोजक संस्था नेपाल  विश्व सहयोग संघ एन  जि सि का संस्थापक अधक्ष मणी नेपाली पनेरुले रत्क्तदान अत्यन्त पुण्यको काम भएकोले संस्था यो कार्यक्रममा सहभागी भएको  बताउँदै सम्पूर्ण दाजु भाईदिदी बहिनीलाई आमन्त्रण गर्दछु भन्नु भयो। अर्का आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरका उत्तर क्यालिफोर्निया सँयोजक थलवीर ओलीले यस कार्यक्रमहरुमा उल्लेख्य सँख्यामा युवाहरु सहभागी हुने बताउनु भएको छ। रक्तदान दिन इच्छुक व्यक्तिहरुले एक लिन्कमा गएर आफ्नो नाम रेजिस्टर गर्दा कार्यक्रम प्रभावकारी हुने अमेरिकन रेडक्रस उत्तर क्यालिफोर्नियाले जोड दिएको छ। सो कार्यक्रमको प्राविधिक पक्ष अमेरिकन रेडक्रसले नै गरिरहेको आयोजकहरुले बताए।

Previous articleगैरआवासीय नेपाली संघ र टिबिआई ग्रुप (BB Holdings) बीच सहमति पत्रमा हस्ताक्षर
Next articleबहुप्रतिक्षित वेभ सिरिज डेस्टिनेशनको प्रोमो सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here