काठमाण्डौ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया दुई पार्टी अध्यक्ष मै पुगेर अड्किएको छ । यसअघि एकता घोषणा मितिसमेत तय गरेका दुई अध्यक्षबीच पछिल्ला दिन एकता प्रक्रिया अप्ठ्यारो मोडमा पुगेर अड्किएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

दुवै पार्टीद्वारा एकताको खाका तयार गर्न गठित कार्यदल हुँदै अध्यक्षद्वयसहित दुवै पार्टीका वरिष्ठ नेता सम्मिलित एकता संयोजन समितिमा सहमति हुन बाँकी विवादित विषयको टुंगो लगाउने जिम्मा दुई अध्यक्षमा पुगेर अड्किएको छ ।

विवादित विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक छलफल भए पनि त्यसले ठोस निष्कर्ष लिन सकेको छैन।

Previous articleऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने
Next articleवैकल्पिक सवारी साधन प्रयोगमा ल्याउने सरकारको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here