स्विट्जरल्याण्ड।
पछिल्लो समय चर्चाको शिखरमा रहेको नेपाली कथानक चलचित्र ‘शत्रु गते’ स्विट्जरल्याण्डको अराउमा प्रदर्शन गरिएको छ।
निकै नै मनोरञ्जनात्मक रहेको चलचित्र शत्रु गते हाँस्यकलाकारहरुले भरिभराउ हुनुका साथै शुरुदेखि अन्तिमसम्म दर्शकहरुले ध्यान केन्द्रित गर्न सफल रहेको देखिएको छ ।


प्रदीप भट्टराईले निर्देशन गरेको उक्त चलचित्र हेर्न स्विट्जरल्याण्डको बिभिन्न शहरहरुबाट नेपाली र बिदेशी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्रले दाईजो प्रथा, युटयुबमा हुने विकृति लगायतका विषयमा रहेका राम्रा र नराम्रा पक्ष देखाउने कोशिस गरेको देखिन्छ ।


कलाकारहरु बीचको सम्वादमा व्यंग्यात्मकता बढी पाउन सकिने उक्त चलचित्रको क्रेज नेपालमा मात्र हैन युरोपमा पनि बढ्दै गएको पाईन्छ । यूरोपका बिभिन्न देशहरुमा यो चलचित्र प्रदर्शन भईरहेको छ।


चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी लगायत बिशिष्ट कलाकाहरुको मुख्य अभिनय रहेको छ।


केही समयदेखि स्विट्जरल्याण्डको आराउमा बस्दै आएका निराजन श्रेष्ठको पहलमा पछिल्लो सयम बिभिन्न नेपली चलचित्रहरु स्विट्जल्याण्डमा प्रदर्शन हुदै आईरहेका छन्। स्विट्जरल्याण्डमा नेपाली चलचित्र प्रदर्शन गर्नुको मुख्य उद्देश्यका बारेमा बताउँदै श्रेष्ठको समूहले भन्यो नेपाली चलचित्रका दर्शकहरुको मागलाई मध्यनजर गरेर प्रदर्शन गर्नु मुख्य उद्देश्य हो भने प्रवासी भूमिमा पनि नेपाली चलचित्रको लोकप्रयिता बढाउनु हाम्रो अर्को उद्देश्य हो ।

Previous articleसांसद विकास कोषको नाममा ६ अर्ब ६२ करोड बाँड्ने तयारी
Next articleनियूक्तिपत्र लिनु अस्तित्वको लडाई : सामाजिक परिचालक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here