काठमाण्डौ- काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानीको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरी सञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए। आजको गोरखापत्र दैनिकमा खबर छ ।

चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ। सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बार्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए।

सीआरसीसीले ‘पीपीपी’ र ‘बीओओटी’ मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको जानकारी दिदै उनले बोर्डको अनुमोदनपछि निर्माणका लागि उक्त कम्पनीसँग थप प्रक्रिया अगाडि बढाइने बताए।

Previous articleअनुसन्धान विभाग कुन मन्त्रालय मातहत राख्नेमा एमाले-माओवादीभित्रै विवाद
Next articleमधेसवादी दलहरू अहिलेसम्म अलमलमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here