काठमाण्डौ – यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

टिकट काउन्टर बन्द गरेसँगै उनीहरुले नियमित चल्ने बसका क्युसिट पनि निकालेका छैनन्। बसलाई रुट नम्बर बिनै स्वतन्त्र क्यु फ्रि चल्न छाडिदिएका छन्।

व्यवसायीक सस्थाले सबै गाडीलाई क्यु फ्रि गरेपछि सर्बसाधारणले सहज रुपमा सबै ठाउँमा गाडी पाएका छैनन्। बुटवलको बस पार्क, ट्राफिक चोक, भैरहवाको सुनौली, बसपार्कसहित देशैभरका टिकट काउन्टर बिहानैदेखि खुलेका छैनन्। बसपार्कबाट नियमित छुटने गाडी आफू खुसी छुटेका छन्। कम यात्रु हुने ठाउँमा गाडी गएका छैनन् भने शहरी क्षेत्रमा धेरै गाडी चलेका छन्।

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारको यातायात व्यवस्था मन्त्रालयले गर्नुपर्ने यातायातको आलोपालो व्यवस्था गरेर संघ सस्थाले सहयोग गरिरहेकोमा सरकारले त्यसलाई सिण्डिकेटको संज्ञा दिएर व्यवसायिक संस्था नै खारेज गरेपछि सरकारले नै यातायातको व्यवस्था मिलाओस भनेर क्यु सिट ननिकाली व्यवसायीलाई स्वतन्त्र गाडी चलाउन दिएको बताए।

जसका कारण सडक भरी अस्त व्यस्त रुपमा गाडी गुडेकाले सडक जाम भएर ट्राफिक व्यवस्थापनमा समेत कठिनायी भएको छ। सडक भरी रित्ता गाडी गुडेकाले बुटवल लगाएका शहर अस्तव्यस्त बनेका छन्।

Previous articleसंघीय सरकारको व्यवहारप्रति उपेन्द्र यादवको असन्तुष्टि
Next articleचीनलाई उपहार दिने भनिएको एकसिंगे गैँडा फेला पर्न सकेन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here