पोखरा – बि थर्टिन बाँझापाटन र दिप युनाइटेड पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । बौद्ध शान्ति क्लव, पोेखरा रामघाटद्वारा आयोजित प्रतियोगिता अन्तर्गत विहिबार भएको सेमिफाइनल खेलमा बि थर्टिनले दोब्रे एफसीलाई तथा दिप युनाइटेडले एलजी एशोसिएसनलाई पराजित गर्दै फाइनल भेट पक्का गरेका हन।

नवराज गुरुङ्गले खेलको दोश्रो मिनेटमै गरेको गोल निर्णायक बन्दा बि थर्टिनले दोब्रेलाई १–० ले पराजित गरेको थियो । त्यस्तै, विदेशी खेलाडी स्टेफनले दोश्रो हाफको १२ औं मिनेटमा गरेको गोलको मद्धतमा एलजीमाथि १–० को नतिजा निकाल्दै दिप युनाइटेडले पनि अन्तिम दुईमा आफ्नों नाम लेखाएको हो । दुबै खेलमा गोल गरेका खेलाडी म्यान अफ द म्याच भएका थिए ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो हुने आयोजक क्लवका अध्यक्ष रोशन गुरुङ्गले जानकारी दिए । ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको उपाधी विजेता क्लवले नगद २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई नगद ५ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने क्लवले जनाएको छ ।

Previous articleफेशन डिजाईनर प्रतियोगिताको फाईनल आज
Next articleभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here