काठमाडौं – प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ। गत वर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँबाट बढेर यस वर्ष एक लाख तीन हजार तीन सय रुपैयाँ पुग्ने तथ्यांक विभागले जनाएको छ।शिक्षा, स्वास्थ्य, निर्माण तथा सामाजिक क्षेत्र, थोक तथा खुद्रा व्यापारमा आएको बढोत्तरीसँगै नेपालीको प्रतिव्यक्ति आय बढेको हो ।

पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुधारका कारण रोजगारी, उत्पादन तथा उत्पादकत्व बढ्दा प्रतिव्यक्ति आयमा सुधार आएको पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

‘नेपालीको औसत आय बढ्नुमा पुनर्निर्माण, ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका निर्माणले लिएको गति, सरकारी खर्चमा भएको बढोत्तरीले नेपालको कुल गार्हस्थ उत्पादन बढ्न जाँदा त्यसको प्रभाव प्रतिव्यक्ति आयमा देखियो’, पूर्व अर्थसचिव डा. सुवेदीले भने, ‘पछिल्लो समय विद्युत् आपूर्ति बढ्न जाँदा उद्योग क्षेत्रको उत्पादन बढ्नुका साथै निर्माणमा प्रगति हुँदै गएको छ।’

उद्योग तथा पूर्वाधार क्षेत्रमा विकास र विस्तार हुँदै जाने, कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै यसको उत्पादनमा ध्यान दिने हो भने नेपालीको प्रतिव्यक्ति आय आगामी आर्थिक वर्षमा विकासशील देश तहमा स्तरोन्नति हुने उनको दाबी छ। विकासशील देशमा प्रतिव्यक्ति आय कम्तीमा १२ सय अमेरिकी डलर हुन्छ।

Previous articleमोदीको भ्रमणको समयतालिका तय गर्न मन्त्रालयलाई हम्मेहम्मे
Next articleएमाले–माओवादी केन्द्रले १० हजार युवालाई मार्क्सवाद पढाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here