काठमाण्डौ – भूकम्पले धरहरा ढालेको ठीक तीन वर्ष पुगेको दिन बुधबार धरहराको फेदनजिकै मञ्च झकिझकाउ थियो। झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा।’ आजको नागरिक दैनिकमा खबर छ ।

२०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर यस्तै घोषणा गरेका थिए, ‘म भन्छु हरेक नेपालीले बनाउँछ, एक-एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा।’

ओलीले उही स्थानमा उस्तै गरी भाषण गर्दा समय भने दुई वर्ष तीन महिना बितिसकेको छ। तर यसबीचमा न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने भन्ने टुंगो नै लागेको छ।

त्यही पनि ओलीले भने दुई वर्ष तीन महिनाअघिको बाचा बिर्सेझैं गरी बुधबार फेरि भन्न भ्याइहाले ‘म इँटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर, म आउन तयार छु।’

जसरी ओलीको बोली फेरिएको छैन भूकम्पले लडाएको धरहराको स्वरुप तीन वर्ष बितिसक्दा समेत फेरिन सकेको छैन।

Previous articleनेपाल आइडलको सिजन टु को पोखरा अडिसन वैशाख १४ गते हुने
Next articleमोदीको भ्रमणको समयतालिका तय गर्न मन्त्रालयलाई हम्मेहम्मे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here