पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने बताउनु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १८ ले आयोजना गरेको १५ दिने क्रिष्टलका गहना तथा पोते बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै महिलाहरु अव आर्य आर्जनसंग जोडिएर आर्थिक रुपमा सवल र सक्षम बन्नुपर्नेमा जोड दिनुभयो ।‘महिला बलियो बन्न आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्छ ।’

उहाँले आर्थिक अवस्थाका कारण महिलाहरु पछाडी परेको बताउदै उहाँले अव उत्पादनमुलक क्षेत्रमा महिला लाग्नुपर्नेमा जोड दिनुभयो ।‘महिलाले घरायासी कामसंगै सयमको ब्यवस्थापन गरेर आर्यआर्जन मुलक काममा लाग्नुपर्छ ।’ उहाँले तालिम लिएपछि तालिममा मात्रै सिमित राख्न नहुने र ब्यबहारीक र उपलब्धीमुलक हुनुपर्ने बताउनुभयो ।‘तालिमको आवश्यकता , बजार र मागका आधारमा तालिम संचालन गर्नुपर्छ र तालिम सिकेपछि ब्यवहारमा लागु गर्नसके मात्रै तालिम सार्थक हुन्छ ।’ कार्यक्रममा बडा सदस्य हरि लम्सालले सिप सिकेपछि जिविकोपार्जन र आर्थिक उपार्जनसंग जोडनुपर्ने बताउनुभयो ।

‘सिपलाई जिविकोपार्जनसंग जोडन नसके तालिमको महत्व हुदैन् ।’ कार्यक्रममा वडा सदस्यहरु सरला नेपाली, ज्ञानबहादुर थापा, एमाले पोखरा १८ का अध्यक्ष पुष्कलबहादुर थापा लगायतले तालिमले महिला दिदि बहिनिको आर्यआर्जनमा परिर्वतन ल्याउने बताउनुभयो । उहाँहरुले उत्पादन नभएका सामाग्रीको बजारीकरण गर्न कुनै समस्या नरहेको र आफुहरुले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा १५ दिने तालिममा सहभागी प्ररिक्षार्थीहरु मध्यबाट प्रथम शारदा सुवेदी, द्धितिय शावित्री जिटी, नविता खड्का र तृतिय लक्ष्मी परियार, योमाया रोका र सान्त्वना अन्जु खड्कालाई पुरस्कृत गरिएको थियो । १५ दिने तालिममा १६ जनाले तालिम लिएका थिए ।

पोखरा लेखनाथ वडा नम्वर १८ का वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं वडा सदस्य भोजकुमारी थापा, प्रशिक्षक नारायणी भण्डारी लगायतले बोल्नुभएको थियो । यसैवीच पोखरा लेखनाथ महागनपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई सराङकोट साना कृषि सहकारीले सम्मान समेत गरेको थियो । अध्यक्ष भोजकुमारी थापाले उपप्रमुख गुरुङलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

Previous articleकांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आरोप–प्रत्यारोपमै सीमित
Next articleध्वनी प्रदूषण गर्ने डिस्को, डान्स र दोहोरीमाथि कार्वाही गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here