पोखरा – प्रदेश नं ४ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकसँग मन्त्री कार्यक्रम सुरुवात गरेको छ ।
प्रत्येक महिना प्रदेशको एउटा जिल्लामा पुगेर कृषि फार्मको निरिक्षण गर्ने र कृषकसँग अन्तरक्रिया कार्यक्रम गर्ने उदेश्यले कृषकसँग मन्त्री कार्यक्रम मन्त्रालयले प्रदेशमा सुरु गरेको हो ।

शनिवार नवलपुरको हुप्सिकोट गाउँपालिका वडा नं ३ वेलानीका थमनवहादुर रेम्जालीको कृषि फार्मको निरिक्षण तथा स्थानीय कृषकहरुसँग अन्तरक्रिया गरेर मन्त्री लेखवहादुर थापाले कार्यक्रम सुरुवात गरे । कृषकका समस्याहरु पहिल्याउने र पछि नीति निर्माण गरेर समस्या समाधान गर्नको लागि कार्यक्रम वनाउने उदेश्यले कार्यक्रम सुरु गरिएको मन्त्री थापाले सो अवसरमा वताए । रेम्जालीले करिव २ सय रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

‘ किसानकै फार्ममा पुगेर मात्र उनीहरुका समस्याहरु के छन् भन्ने जानकारी हुन्छ’, मन्त्री थापाले भने‘प्रत्यक्ष रुपमा अन्तरक्रिया गरेर किसानका समस्याहरु मन्त्रीले सुन्ने र त्यसलाई सम्वोधन गर्नको लागि आवश्यक नीति योजना वनाउन यो कार्यक्रम सहयोगी हुन्छ’। प्रदेशलाई कृषि तथा पशु उत्पादनमा आत्मनिर्भर वनाउनको लागि पनि कार्यक्रम फलदायी हुने अपेक्षा मन्त्रीको छ ।

मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले मन्त्रालय अहिले नीति निर्माणको चरणमा रहेको र किसानमैत्री नीति वनाउनको लागि कार्यक्रमले मद्यत पुग्ने धारणा राखे । ‘स्वयम् कृषि मन्त्री र मन्त्रालय प्रत्यक्ष किसानकै खेतमा पुगेर अन्तरक्रिया गर्र्दा किसानको पनि हौसला वढ्छ’ सचिव श्रेष्ठले भने‘विगतमा राजधानकै पाँच तारे होटलमा वसेर नीति निर्माण गर्ने परम्परा तोड्नको लागि पनि यसले सहयोग पुग्दछ।’

कार्यक्रममा किसानहरुले सिँचाई , ढुवानी, विचौलियाको समस्या, विउ विजन तथा शित भण्डारको अभाव लगायतका समस्याहरु उठाएका थिए । मन्त्री थापाले नवलपुरमै टुकवहादुर थापामगरले संचालन गरेको पिएलए एग्रिकल्चर एण्ड लाईभस्टक फार्म पनि निरिक्षण गरेका थिए ।

Previous articleमन्त्री विश्वकर्माले पाँच विद्यार्थी भर्ना गर्दे उनीहरुको अभिभावकत्व ग्रहण गरे
Next articleओली र दाहलले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here