काठमाण्डौ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्र्त गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग र प्रविधि स्थानान्तरण, मानव क्षमताको अधिकतमा प्रयोग, प्रकृतिक स्रोत तथा वातावरण र व्यापार तथा लागनी रहेका छन् ।

यस्ता धेरै क्षेत्र छन्, जहाँ नेपाल र चीन आपसी समृद्धिका लागि एक अर्कालाई सघाउन सक्छन्, चाईना रिफर्म फोरमले चीनको राजधानी बेईजिङमा आयोजना गरेको २१ औँ शताब्दीमा नेपाल चीन सम्बन्ध विषयमा गोलमेच अन्तरक्रियामा पराराष्ट्र ज्ञवालीले भने, मेरो दिमागमा नेपाल र चीनबीच एकअर्कासँग जोडिने पाँचवटा यस्ता क्षेत्र छन्, जहाँ हामी दु्र्त आर्थिक समृद्धि प्राप्तिका लागि सहकार्य गर्न सक्छौँ ।, आजको नागरिक दैनिकमा खबर छ ।

Previous articleवान टु वान वार्ता समेत अनिश्चित, पार्टी एकता हुने नहुनेमा आशंका
Next articleकिसानका नाममा आएका योजनामा परामर्शदाताको रजाइँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here