बार्सिलोना/ स्पेनमा शुभकामाना आदानप्रदान गर्दै नयाँ बर्षको स्वागत गरिएको छ।कास्की समाज स्पेनले सोमबार बार्सिलोनामा आयोजना गरेको कार्यक्रममा शुभकामाना आदानप्रदान गर्दै नयाँ बर्षको स्वागत गरिएको हो। स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले शुभकामाना सन्देश पठाउँदै स्पेनमा दूताबास स्थापना गर्न समुदायले गरेको प्रयासको प्रंशसा गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै एनआरएनए युरोप उपसंयोजक एकराज गिरीले स्पेनबासी नेपाली समुदायलाई धन्यबाद सहित शुभकामना ब्यक्त गरे। एनआरएनएको केन्द्रमा यहाँको समुदायको सहयोग र प्रयासबाट नै उपसंयोजक पदमा आँफू बिजयी भएको भन्दै खुशी ब्यक्त गरे।

कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य मुक्त बहादुर गुरुङ,नेपाली जनससम्पर्क समिति स्पेनका अध्यक्ष ईन्द्रप्रसाद शर्मा,जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष अर्जुन आचार्य,प्रबासी नेपाली मञ्च स्पेनका महासचिव दिनेशराज रेग्मी,एनआरएनए स्पेनका उपाध्यक्ष सुनिल रानाभाट,सचिव दिनेश गिरी,तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङ,चितवन समाज स्पेनका अध्यक्ष प्रकाश तिमिल्सिना,हेटौडेली परिबारका संस्थापक आईना बार्का लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामाना ब्यक्त गरे।

समाजले नयाँ बर्षको उपलक्ष्यमा भित्तेपात्रो बिमोचन गरेको छ। भित्तेपात्रोका लागि ब्यबसायिक,संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गर्नेलाई धन्यबाद सहित समाजले प्रंशसा पत्र प्रदान गरेको छ। समाजका अध्यक्ष केदारनाथ ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव गोबिन्द तिमिल्सिनाले गरेका थिए।

पहिलो अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिले छोटो समयमा नै भित्तेपात्रो प्रकाशन गर्दै शुभकामना सहितको कार्यक्रम आयोजना गरेकोमा बक्ताहरुले खुशी ब्यक्त गरेका थिए।

Previous articleएक लाखभन्दा माथिको रेमिट्यान्स भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने
Next articleलायन्स ३२५ वि १ को द्धितिय भाइस गर्भनरमा मणिश्रीले उम्मेदबारी दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here